ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासलाई ट्रम्पको ‘अन्तिम चेतावनी’: बन्धकहरू रिहा गरेनौ भने एकजना बाँकी रहने छैनौ


एबीसी न्यूज
२२ फाल्गुन २०८१, बिहिबार   ७ : ५९   बजे

काठमाडौं २२ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूको रिहाइका विषयमा हमासलाई ुअन्तिम चेतावनीु दिएका छन्।

उनले सामाजिक प्लेटफर्म ट्रुथमार्फत आफ्नो कुराको सुनुवाइ भएन भने हमासका एक सदस्य पनि बाँकी नरहने धम्की दिएका हुन्।

उनले लेखेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु, यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एक जना पनि सदस्य सुरक्षित हुने छैनन्।’

ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको उक्त अभिव्यक्ति आएको हो।

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले बन्धकहरू रिहा गरिएन भने हमासले ‘ठूलो मूल्य चुकाउने’ चेतावनी दिएका छन्।

तर उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदै छन् भनेर स्पष्ट पारेका छैनन्।

उनले आफ्नो पोस्टमा अगाडि भनेका छन्, ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि होइन र तिमीले मारेकाहरूको शव तुरुन्तै फिर्ता गर, नत्र सबै कुरा सकियो।’

‘यो तपाईंहरूलाईं अन्तिम चेतावनी हो नेतृत्वका लागि। गाजा छाड्ने समय आएको छ।’

उनले सर्वसाधारणलाई धम्की दिँदै भनेका छन्, ‘साथै गाजाका जनतालाई सुन्दर भविष्यले पर्खिरहेको छ, तर तपाईंले बन्धक बनाउनुभयो भने होइन। यदि तपाईंले त्यसो गर्नुभयो भने तपाईं समाप्त हुनुहुनेछ।’

ट्रम्पको यो पोस्ट ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो।

हमास र इजरायलबीच गत जनवरी १९ देखि लागू युद्धविरामको पहिलो चरण फागुन १७ ९मार्च १० मै सकिएको छ। अमेरिकी प्रस्तावमा इजरायलले युद्धविरामको अवधि ६ हप्ता थप गरे पनि हमासले अस्वीकार गरेको छ।

यसपछि इजरायलले गाजामा कुनै पनि मानवीय सहायता सामग्री प्रवेशमा प्रतिबन्ध लगाएको छ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

जवाफमा इजरायलले गाजा पट्टीमा गरेको आक्रमणबाट अहिलेसम्म कम्तीमा ४८ हजार ३६५ जनाको मृत्यु भएको हमासको भनाइ छ।

युद्धविरामको पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ।बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

हमासले बन्धक बनाएका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ भने अझै अन्योलमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group