ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुमपूर्वमा मतगणना सुरु : प्रचण्डसहित ११ उम्मेदवार प्रतिस्पर्धामा


एबीसी न्यूज
२२ फाल्गुन २०८२, शुक्रबार   ७ : १६   बजे

रुकुमपूर्व । हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ।

बिहीबार सम्पन्न मतदानपछि रातभर संकलन गरिएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइपुर्‍याइएपछि मतगणना प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो।

राति करिब ३ बजे बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणनाको आचारसंहिता र प्रक्रियाबारे सहमति जुटाएपछि मतपेटिकाको सिल खोल्दै गणना थालिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। प्रचण्ड स्वयं चुनावी मैदानमा उत्रिएकाले रुकुमपूर्वको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा विशेष चासोका साथ हेरिएको छ।

भौगोलिक रूपमा दुर्गम र उच्च हिमाली क्षेत्र भएकाले कतिपय मतदान केन्द्रबाट मतपेटिका ढुवानी गर्न चुनौती देखिएको थियो। तर सुरक्षा निकायको कडा स्कर्टिङमा रातभर ढुवानी गरेर सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाममा सुरक्षित रूपमा ल्याइएको निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृत खनालका अनुसार सबै मतदान केन्द्रका मतपेटिका प्राप्त भएपछि राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा गणना सुरु गरिएको हो। अब क्रमशः मतगणना हुँदै परिणाम सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्रीको विश्वासको मतअघि नियुक्तिविरुद्धका दुई रिटमाथि आज सुनुवाइ

सांसदलाई प्रभावकारी बनाउन नेकपाको प्रशिक्षण, एआईदेखि गलत सूचना पहिचानसम्म

सम्बन्धित

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

लुम्बिनीमा मनसुनजन्य विपद्का ९१ घटना, ८५ जनाको मृत्यु

कोहलपुरबाट १३ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

आफ्नै पार्टीले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै एमाले उपनेताले मागे पूरक बजेट

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई जसपा नेपालको समर्थन फिर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu