ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘जगभन्दा ठूलो पार्टी बन्यो, कहिलेकाहीँ सोच्न बाध्य हुन्छु’ : रवि लामिछाने


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ३५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको संगठनात्मक संरचना बलियो जग निर्माण हुनुअघि नै ठूलो बनेको स्वीकार गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनताको परिवर्तनको चाहना र युवाको अपेक्षाका कारण रास्वपाले छोटो समयमै ठूलो राजनीतिक आकार ग्रहण गरेको बताए। तर पार्टीको विस्तारको तुलनामा संगठनको आधार र संस्थागत जग अझ बलियो बनाउनुपर्ने उनको भनाइ थियो।

उनले रास्वपाको संरचना विस्तार भए पनि त्यसलाई टिकाइराख्न अब संस्थागत आधार बलियो बनाउने जिम्मेवारी नेतृत्वको काँधमा आएको बताए।

“जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन। … हाम्रो जग बन्नुभन्दा पनि ठूलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु।”

लामिछानेका अनुसार रास्वपाले परम्परागत राजनीतिक दलको विकल्पका रूपमा आफूलाई स्थापित गर्ने क्रममा जनताको आशा र भरोसा पाएको हो। परिवर्तनको तीव्र चाहनाका कारण पार्टीको संगठनात्मक विस्तार अपेक्षाभन्दा छिटो भएको उनको भनाइ थियो।

अब पार्टीलाई सुरक्षित र दिगो बनाउन आवश्यक ठाउँमा ‘टेको’ दिनुपर्ने उनले बताए।

युवाको नेतृत्वका लागि ‘परीक्षाको घडी’

लामिछानेले वर्तमान समय युवा नेतृत्वका लागि परीक्षाको घडी भएको बताएका छन्।

उनले रास्वपा नेतृत्व असफल भए त्यसको असर पार्टीमा मात्र सीमित नहुने भन्दै नेपाली राजनीतिमा युवाको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्ने जोखिम रहेको बताए।

“यदि हामीले परिणाम दिन सकेनौँ भने समाजमा एउटा घातक भाष्य निर्माण गरिनेछ—‘युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन, उमेर नै चाहिन्छ।’”

यस्तो भाष्य स्थापित भए आगामी पुस्ताका युवालाई राजनीतिक नेतृत्वमा आउन निरुत्साहित गर्ने उनको भनाइ थियो।

लामिछानेले आफूहरूका लागि अहिलेको चुनौती केवल पार्टी सफल बनाउने नभई युवा नेतृत्व सक्षम हुन्छ भन्ने प्रमाणित गर्ने अवसरसमेत भएकोबताए।

उनले युवाले भाषण र नाराबाट होइन, परिणाम र कामबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिए।

‘विकल्प होइन, निर्विकल्प शक्ति बन्नुपर्छ’

रास्वपाले आफूलाई अब केवल ‘वैकल्पिक शक्ति’ का रूपमा प्रस्तुत गरेर नपुग्ने लामिछानेको भनाइ छ।

उनले पार्टीले आफूलाई देशको ‘निर्विकल्प शक्ति’ का रूपमा स्थापित गर्नुपर्ने बताए।

“हामी विकल्प खोज्न आएका होइनौँ, आफैँ विकल्प बन्न आएका हौँ।”

रास्वपाले आफ्नो बाटो र राजनीतिक उद्देश्यबाट विचलित भए जनताले पुनः अर्को विकल्प खोज्न थाल्ने चेतावनीसमेत उनले दिए।

“यदि हामीले सही बाटो बिरायौँ भने जनताले फेरि अर्को विकल्प खोज्न थाल्नेछन्,” उनले भने, “त्यसैले हामीले आफूलाई निर्विकल्प प्रमाणित गर्नुपर्छ।”

विस्तारसँगै संस्थागत चुनौती

लामिछानेको अभिव्यक्तिले रास्वपाको तीव्र राजनीतिक विस्तारसँगै देखिएका संस्थागत चुनौतीतर्फ समेत संकेत गरेको छ।

छोटो समयमै ठूलो जनसमर्थन र संगठनात्मक आकार हासिल गरेको पार्टीका लागि अब संगठनलाई संस्थागत बनाउने, नेतृत्वको दोस्रो पुस्ता तयार गर्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउने तथा नीतिगत स्पष्टता कायम गर्ने चुनौती थपिएको देखिन्छ।

‘जगभन्दा ठूलो संरचना’ भएको उनको स्वीकारोक्तिले पनि पार्टीको आगामी प्राथमिकता विस्तारभन्दा संस्थागत सुदृढीकरण हुनुपर्ने संकेत गरेको छ।

रास्वपाका लागि अबको परीक्षा जनताको असन्तुष्टिलाई राजनीतिक समर्थनमा रूपान्तरण गर्ने मात्र नभई प्राप्त विश्वासलाई दीर्घकालीन राजनीतिक संस्थामा बदल्ने विषयमा हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu