काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रकाशक–सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई बुधबार साँझ साँझ ललितपुरको बागडोलबाट करिब ८ बजे नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार श्रेष्ठलाई महिला सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
खड्काका अनुसार श्रेष्ठलाई हाल सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।
“उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ। आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ,” एसएसपी खड्काले भने।
प्रहरीले अनुसन्धानका क्रममा रहेको विषयबारे थप विवरण भने सार्वजनिक गरेको छैन।
जनआस्थाका प्रकाशक–सम्पादक
श्रेष्ठ लामो समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी जनआस्था साप्ताहिक का प्रकाशक तथा सम्पादकका रूपमा कार्यरत छन्।
जनआस्था साप्ताहिकमार्फत राजनीतिक तथा समसामयिक विषयमा समाचार, खोज तथा टिप्पणी प्रकाशित गर्दै आएका श्रेष्ठ नेपाली पत्रकारितामा परिचित नाम हुन्।
प्रहरीले महिला सम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिए पनि घटनाको प्रकृति, आरोपको विवरण तथा अनुसन्धानको थप प्रक्रियाबारे भने विस्तृत जानकारी सार्वजनिक हुन बाँकी छ।
अनुसन्धान अघि बढ्दै जाँदा घटनासम्बन्धी थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्