काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति तथा महिला तथा सामाजिक विकास समितिले आ–आफ्नो कार्यसूचीमा छलफल गर्ने भएका छन्।
अर्थ समिति
अर्थ समितिको बैठक बिहान साढे ९ बजे बस्नेछ। बैठकमा विभिन्न उपसमितिले पेस गरेका प्रतिवेदनमाथि विस्तृत छलफल गर्ने कार्यसूची रहेको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति
समितिको बैठक बिहान १० बजे बस्नेछ। बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ माथि प्राप्त संशोधन प्रस्तावबारे संशोधनकर्ता सांसदहरूसँग छलफल गरिनेछ।
कृषि तथा प्राकृतिक स्रोत समिति
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य तथा दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा छलफल हुनेछ।
पूर्वाधार विकास समिति
पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। समितिले खानेपानी आपूर्ति कार्ययोजनाको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची तय गरेको छ।
महिला तथा सामाजिक विकास समिति
महिला तथा सामाजिक विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा राष्ट्रिय दलित आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गरिनेछ।
संसदीय समितिका बैठकमा सम्बन्धित विषयमा छलफल, समीक्षा तथा आवश्यक निर्देशन दिने गरिन्छ। आजका बैठकबाट सम्बन्धित क्षेत्रका समस्या र नीतिगत विषयमा सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्