ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साढे पाँच महिनापछि स्वदेश फर्किँदै देउवा, कांग्रेसको राष्ट्रिय भेलाअघि भव्य स्वागतको तयारी


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ७ : २५   बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै छन्।

देउवा बिहीबार दिउँसो पत्नी आरजु राणा देउवासहित थाइल्यान्डबाट काठमाडौं आउन लागेका हुन्। कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा दिउँसो साढे १२ बजे थाई एयरको उडानबाट काठमाडौं अवतरण गर्नेछन्। उनको स्वागतका लागि देउवा पक्षले तयारी गरेको छ।

यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने तयारीमा थिए। रातिको समयमा स्वागत व्यवस्थापनमा समस्या हुने भन्दै उनको आगमन दुई दिन पछि सारिएको बताइएको छ।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी आरजु पनि उपचारका लागि सिंगापुर पुगेकी थिइन्। त्यसपछि दुवै जना थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइएको थियो।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनी हुँदा देउवा दम्पतीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि नेपालमा उपचार गराएका उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए। उपचारपछि नेपाल फर्किए पनि ‘फलोअप’का लागि देउवा पुनः सिंगापुर गएको बताइएको छ।

पक्राउ पुर्जीपछि सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पती सिंगापुरमा रहँदा उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी रोक्न माग गर्दै वारेसमार्फत दायर रिटमा सर्वोच्च अदालतले देउवा र आरजुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

राष्ट्रिय भेलाको सम्मुखमा स्वदेश फिर्ता

कांग्रेसभित्र असन्तुष्टि चुलिएका बेला देउवा स्वदेश फर्किन लागेका हुन्। देउवा पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको नेतृत्वमा आयोजक समिति गठन गरिएको भेलाको उद्घाटन सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने तय भएको छ। भेलामा करिब साढे चार हजार प्रतिनिधि सहभागी हुने बताइएको छ।

राष्ट्रिय भेलाको ठीक अघि देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको शक्ति समीकरण र आगामी राजनीतिक रणनीतिका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu