ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कास्की कारागार प्रमुखमा अब उपसचिव, नौ जिल्लाका सिडिओको दरबन्दी घट्यो


ABC NEWS
२८ श्रावण २०८३, बिहिबार   ८ : २५   बजे

कास्की । गृह मन्त्रालयले जिल्ला कारागार कास्कीको प्रमुखमा उपसचिव तहका कर्मचारी रहने व्यवस्था गरेको छ। मन्त्रालय तथा अन्तर्गतका कार्यालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार कास्की कारागारको प्रमुखमा उपसचिवको दरबन्दी कायम गरिएको हो।

कास्कीसहित झापा, मोरङ र बाँकेका कारागारमा पनि उपसचिव तहको दरबन्दी थप गरिएको छ।

४२० जना क्षमताको कास्की कारागारमा हाल अधिकृत तहका कर्मचारी प्रमुख छन्। कारागार प्रशासक सम्राट थापामगरका अनुसार अहिले कारागारमा ६६९ पुरुष, ४० महिला र दुई आश्रित गरी ७११ जना रहेका छन्। क्षमताभन्दा निकै बढी कैदीबन्दी रहेको कारागारमा जेनजी आन्दोलनका क्रममा फरार भएका ११५ जना अझै सम्पर्कमा आएका छैनन्।

कारागारमा चार वर्ष र डेढ वर्ष उमेरका दुई बालकसमेत रहेका छन्। त्यहाँ एक स्वास्थ्यकर्मी, १२ कर्मचारी र २८ सुरक्षाकर्मी कार्यरत छन्।

नौ जिल्लामा उपसचिव सिडिओ

गृह मन्त्रालयले पहाडी क्षेत्रका नौ जिल्लामा सहसचिव तहका प्रमुख जिल्ला अधिकारीको दरबन्दी हटाएर उपसचिव तहको दरबन्दी कायम गरेको छ।

अब बैतडी, डडेल्धुरा, अछाम, जुम्ला, सल्यान, जाजरकोट, रोल्पा, भोजपुर र खोटाङमा उपसचिव तहका प्रमुख जिल्ला अधिकारी खटाइनेछन्।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रालयअन्तर्गत नौ सहसचिवको दरबन्दी कटौती गरिएको हो।

पोखरा र भैरहवामा अध्यागमन कार्यालय घटाइयो

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कायम गरिएका दुई–दुई वटा अध्यागमन कार्यालयलाई घटाएर दुवै स्थानमा एक–एक वटा कार्यालय कायम गरिएको छ। नयाँ ओएन्डएम सर्वेक्षणमार्फत मन्त्रालयले कार्यालय तथा कर्मचारीको संरचनामा आवश्यक पुनर्संरचना गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

भोटेकोसीको त्रास तमोर किनारसम्म : ‘नदी सुसाउँदा अब आनन्द होइन, डर लाग्छ’

भोटेकोसी उद्धारमा सरकारमाथि प्रदेशसभाको प्रश्न : ‘नागरिक मरिरहँदा किन रोकियो विदेशी सहयोग?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu