ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजीसँग भएको राजनीतिक सहमति सबैले स्वीकार गर्नुपर्छ : मन्त्री गौतम


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   ५ : २५   बजे

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार र जेनजी समूहबीच भएको राजनीतिक सहमति सबैले स्वीकार गर्नुपर्ने बताएकी छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले जेनजी आन्दोलनपछि २०८२ मंसिर २५ गते नेपाल सरकार र जेनजी समूहबीच भएको सहमतिअनुसार सरकारले उक्त आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरेको स्पष्ट पारिन्।

उनले सरकार र आन्दोलनकारीबीच भएको उक्त सहमति ऐतिहासिक तथा राजनीतिक दस्तावेज भएकाले सबै पक्षले स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिइन्।

मन्त्री गौतमले राज्य र आन्दोलनकारीबीच भएको सहमति अमान्य ठहरिने अवस्था आए समाजमा पुनः अशान्ति र द्वन्द्व सिर्जना हुनसक्ने बताइन्। शान्तिपूर्ण समाज निर्माणका लागि सबै पक्षबीच सहकार्य, समन्वय र एकरूपता आवश्यक रहेको उनको भनाइ छ।

‘राजनीतिक सहमति अङ्गीकार गर्नुपर्छ’

मन्त्री गौतमले ठूलो राजनीतिक परिवर्तन र सामाजिक द्वन्द्वपछि हुने राजनीतिक सहमति दुई पक्षबीचको महत्वपूर्ण सम्झौता हुने बताइन्।

उनले भनिन्, “देशलाई शान्तिपूर्ण बाटोमा फर्काउनका लागि तत्कालीन सरकारले गरेको सहमति सबैले अङ्गिकार गर्नुपर्छ।”

जेनजी आन्दोलनलाई तत्कालीन सरकारले जनआन्दोलनका रूपमा स्वीकार गरेको अवस्थालाई स्मरण गर्दै उनले त्यसबाट सिर्जित राजनीतिक सहमतिलाई सम्मान गर्नुपर्ने बताइन्।

कारागार व्यवस्थापन सुधार गरिने

बैठकमा मन्त्री गौतमले कैदीबन्दीलाई उत्पादनमूलक कार्यमा सहभागी गराउनुपर्नेमा जोड दिइन्।

कारागार व्यवस्थापनको समग्र सुधारका लागि गठित अध्ययन समितिको प्रतिवेदनका आधारमा सुधारका कार्यक्रम अघि बढाइने उनले जानकारी दिइन्। प्रतिवेदनमा आएका सुझावका आधारमा आवश्यक कानुनी सुधार गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ छ।

गृह मन्त्रालयसँग समन्वय गरी समयअनुकूल कारागार ऐन, २०७९ संशोधन गर्ने तयारीसमेत भइरहेको मन्त्री गौतमले जानकारी दिइन्।

कैदीबन्दीको व्यवस्थापनमा साढे ३ अर्ब खर्च

कारागार व्यवस्थापन विभागको गत असार ११ गतेसम्मको तथ्याङ्कअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका २६ हजार २९ जना कैदीबन्दी रहेका छन्।

राज्यले प्रतिकैदी वार्षिक करिब १ लाख ३५ हजार रुपैयाँ खर्च गर्ने गरेको मन्त्री गौतमले जानकारी दिइन्। यसअनुसार २६ हजार २९ जना कैदीबन्दीको व्यवस्थापनमा राज्यले वार्षिक करिब ३ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।

कैदीलाई उत्पादनसँग जोड्नुपर्ने

मन्त्री गौतमले कैदीबन्दीलाई पाल्न राज्यले निरन्तर ठूलो रकम खर्च गर्नुभन्दा अपराध न्यूनीकरण, सीप विकास, उत्पादन र सिर्जनशील कार्यमा उनीहरूलाई जोड्ने नीति आवश्यक रहेको बताइन्।

कैदीबन्दीलाई सक्रिय र उत्पादनमूलक जीवनमा सहभागी गराई समाज सुधारमा योगदान पुर्‍याउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

यसका लागि उपयुक्त कानुन, नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा मन्त्री गौतमले जोड दिइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गगन थापा बीपीको सिद्धान्तबाट विचलित भएको उमाकान्त चौधरीको आरोप

लेखकको निष्कर्ष– कांग्रेस एकताका लागि अझै थप प्रयत्न आवश्यक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गगन थापा बीपीको सिद्धान्तबाट विचलित भएको उमाकान्त चौधरीको आरोप

लेखकको निष्कर्ष– कांग्रेस एकताका लागि अझै थप प्रयत्न आवश्यक

‘रोड टु एभरेस्ट’को ट्रेलर सार्वजनिक

खोलाले बगाएर बेपत्ता युवक मृत अवस्थामा फेला

सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडाइ, पूर्वस्वीकृति अनिवार्य

इरानसँग तनावबीच अमेरिकी नौसेनाले ‘अब्राहम लिंकन’को स्थानमा ‘जर्ज वासिङ्टन’ पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu