काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा नौ जना सदस्य मनोनीत गरेको छ।
शुक्रबार पार्टीको केन्द्रीय कार्यालय चःमतीमा बसेको बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो।
मनोनीत हुनेमा सुनिल लाम्साल, भूपदेव शाह, सुदन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चौधरी रहेका छन्।
पार्टीका अनुसार नयाँ सदस्यहरूको मनोनयनसँगै केन्द्रीय समितिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ। रास्वपाले पछिल्लो समय संगठन विस्तार तथा विभिन्न विभागमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिँदै आएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्