ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असोज १ गते मतदाता नामावली सार्वजनिक हुँदै, विवरण सच्याउन निर्वाचन आयोगको आग्रह


ABC NEWS
५ भदौ २०८३, शुक्रबार   ५ : २५   बजे

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका व्यक्तिगत विवरण अद्यावधिक गर्न सबै मतदातासँग आग्रह गरेको छ। आयोगले असोज १ गते आफ्नो वेबसाइटमार्फत मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

आयोगका अनुसार प्रकाशित हुने मतदाता नामावलीमा नाम, थर, उमेर, ठेगानालगायतका विवरण सही र अद्यावधिक राख्न सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहनेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आवश्यक परे सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन माध्यमबाट निवेदन दिई मतदाता विवरण सच्याउन आग्रह गरेका छन्।

यी विवरण सच्याउन सकिने

आयोगले मतदाता नामावलीमा रहेका विवरणमा त्रुटि भए सच्याउन तथा गलत विवरणका आधारमा नाम समावेश भएको जानकारी भए सूचना दिन आग्रह गरेको छ। विशेषगरी निम्न अवस्थामा अद्यावधिकका लागि निवेदन दिन सकिनेछ–

  • नाम, थर, उमेर वा ठेगानामा त्रुटि भएमा,
  • झुट्टा विवरणका आधारमा मतदाता नामावलीमा नाम समावेश भएको जानकारी भएमा,
  • एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा,
  • बसाइँसराइका कारण स्थायी ठेगाना परिवर्तन भएको भएमा,
  • विवाहपछि स्थायी ठेगाना परिवर्तन भएको अवस्थामा नयाँ ठेगाना अद्यावधिक गर्नुपर्ने भएमा।

आयोगले एक व्यक्तिको नाम एकभन्दा बढी स्थानमा रहेको भए एउटा स्थानमा मात्र कायम गर्न पनि अनुरोध गरेको छ।

मतदाता नामावलीलाई यथार्थ, व्यवस्थित र अद्यावधिक बनाउन नागरिकको सक्रिय सहयोग आवश्यक रहेको आयोगले जनाएको छ। त्यसका लागि असोज १ गते सार्वजनिक हुने नामावली जाँच गरी आवश्यक परे समयमै सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइन माध्यमबाट निवेदन दिन आयोगले आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मधेसमा अग्रगामी मोर्चाको समन्वय समिति गठन, भदौ १० भित्र आठै जिल्लामा समिति बनाउने

अग्रगामी मोर्चाले जनकपुर र वीरगन्जमा संयुक्त भेला गर्ने

सम्बन्धित

साउनमा नेपालको वैदेशिक व्यापार ३५ प्रतिशतले बढ्यो, व्यापार घाटा १ खर्ब ४८ अर्ब

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

सिभिल अस्पतालमा आइतबार कर्मचारी र परिवारका लागि विशेष ओपीडी

सडक पुगेपछि पहिरोको त्रास : बागलुङका गाउँबस्तीमा जथाभावी ट्र्याक खोल्दाको मूल्य

बुटवलमा जुवा अखडामाथि प्रहरीको छापा, १ लाख ३२ हजार नगदसहित ९ जना पक्राउ

३० लाख नगद, हेरोइन र सुनसहित पक्राउ परेका कुमार लामाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu