ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुलाकमार्फत घरघरमा पुग्यो १ हजार ७७८ राहदानी


ABC NEWS
६ भदौ २०८३, शनिबार   २ : ३५   बजे

बागलुङ । सरकारले सरकारी कागजात घरमै पुर्‍याउने योजना अघि बढाएसँगै हुलाकमार्फत राहदानी वितरण सेवा प्रभावकारी बन्दै गएको छ । सेवा सुरु भएयता मनाङबाहेक गण्डकी प्रदेशका १० जिल्लामा १ हजार ७७८ थान राहदानी नागरिकको घरमै पुर्‍याइएको छ ।

गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने निर्णय गरेको थियो । सोही योजनाअनुसार राहदानी घरघरमा पुर्‍याउने सेवा सुरु गरिएको हो ।

हुलाक निर्देशनालय पोखरा र अन्तर्गतका जिल्ला हुलाक कार्यालयहरूको वार्षिक समीक्षा गोष्ठीमा शुक्रबार प्रस्तुत तथ्याङ्कअनुसार सबैभन्दा धेरै तनहुँमा ५०५ र नवलपुरमा ५०० थान राहदानी वितरण गरिएको छ । गोरखामा ३३३, स्याङ्जामा १५०, बागलुङमा १०१, म्याग्दीमा ९७, लमजुङमा ६०, पर्वतमा १७, मुस्ताङमा ६ र कास्कीमा ९ थान राहदानी घरमै पुर्‍याइएको छ ।

मनाङमा भने जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरणका लागि प्राप्त नभएकाले सेवा सञ्चालन हुन नसकेको जिल्ला हुलाक कार्यालय मनाङका खरिदार श्यामलाल थारुले जानकारी दिए ।

बागलुङको बुर्तिबाङमा आयोजित गोष्ठीमा हुलाक निर्देशनालय पोखराका निर्देशक नेत्रप्रसाद पौडेलले हुलाकमार्फत सरकारी कागजात घरमै पुग्न थालेपछि नागरिकको हुलाकप्रतिको धारणा परिवर्तन हुन थालेको बताए ।

उनका अनुसार कास्कीमा प्रशासन कार्यालयमा पुगेर राहदानी लिन नागरिकलाई सहज भएकाले हुलाकमार्फत वितरणको संख्या कम देखिएको हो । तर, अन्य जिल्लामा हुलाकमार्फत घरमै सेवा पुग्न थालेपछि हुलाकप्रतिको नागरिकको विश्वास बढ्दै गएको उनले बताए ।

हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले सरकारले अब सिमकार्ड र विश्वविद्यालयका प्रमाणपत्रसमेत हुलाकमार्फत घरमै पुर्‍याउने तयारी गरिरहेको जानकारी दिइन् ।

उनका अनुसार हुलाक सेवालाई थप प्रभावकारी बनाउन डाँक शुल्क, पार्सल बिमा र क्षतिपूर्तिलगायत विषय समेटेर कानुन निर्माणको काम भइरहेको छ । सीमित स्रोतसाधनका बीच पनि हुलाक सेवालाई सरकारी कुरियर सेवाका रूपमा विस्तार गर्ने तयारी भइरहेको उनले बताइन् ।

जिल्ला हुलाक कार्यालय गोरखाका हुलाक अधिकृत विनोदप्रसाद गैरेले राहदानीबाहेक राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड तथा विभिन्न सरकारी प्रमाणपत्रसमेत हुलाकमार्फत वितरण गर्ने व्यवस्था गर्नुपर्ने बताए ।

गोष्ठीका सहभागीहरूले सडक तथा प्रविधिको विकाससँगै डाँक नक्सा सेवासमेत समयानुकूल परिमार्जन गरी सहज र सरल बनाउनुपर्नेमा जोड दिएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१ देखि छुट्टै महाधिवेशन गर्ने

रोहित गुप्तालाई २ करोड धरौटीमा छाड्न सर्वोच्चको आदेश

रसुवा बाढीः मृतक प्रहरी परिवारलाई १० लाख, सन्तानलाई निःशुल्क शिक्षा

दश मुख्य राजमार्ग अवरुद्ध

जापानबाट भोटेकोशी बाढीपीडितका लागि पहिलो चरणको राहत सामग्री नेपाल आइपुग्यो

हिमालयमा हिमनदी बाढीको जोखिम बढ्दै, लाखौँ मानिस विस्थापित हुन सक्ने राष्ट्रसंघको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu