काठमाडौं, ७ भदौ । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल, रामनगरबाट आएको ट्रक र कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्