महोत्तरी, १० वैशाख । सेवाग्राहीसँग कमिसन वापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक पक्राउ परेका छन ।
सोमबार मध्यान्ह साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्लेलाई ५० हजार सहित रंगेहात पक्राउ गरेका हुन ।
बर्दिवास नगरपालिका–९, स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख रुपैयाँ ऋण उपलब्ध गराए वापत कमिसन लिने क्रममा काफ्ले कार्यालयबाटै पक्राउ परेका हुन ।
काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय डीएसपी ठाकुर पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्