काठमाडौँ, १० वैशाख। निर्वाचन आयोगले आइतबार राति प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको धापाखेल, ललितपुरस्थित निवासमा अज्ञात समूहले बम विस्फोटन गराएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी भर्खरै मात्र तीन तहका निर्वाचनलगायत सम्पूर्ण निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको आयोगका प्रमुखको निवासमा भएको घटनालाई ध्यानमा राखी डा यादव र आयुक्तहरुको आवश्यक सुरक्षा व्यवस्था मिलाउन तथा प्रमुख आयुक्तको निवासमा भएको घटनाको यथाशीघ्र छानवीन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
आइतबार राति डा यादवको निवासमा विष्फोट हुँदा निजी निवासका पर्खाल, झ्याल, ढोकालगायत अधिकांश स्थानमा क्षति पुगेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्