काठमाडौं, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्दै गरेको समयमा राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्नेमाथि कडा भन्दा कडा नीति लिने बताएका छन् ।
आज राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले कहिले जनताका नाममा त कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने कहि कतै पनि नछोडिने बताए । उनले भने, ‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार कडा भन्दा कडा नीति लिन्छ ।’
अघि भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेश फैलाउनेहरुबाट सवै नेपाली सजक हुनुपर्ने छ ।’
जो कसैले पनि ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो’ ‘कसैले षड्यन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई तह लाउने ठाउँमा हामी छौं ।’
राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको उनले बताए । नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताउदै राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रै देखि बलियो बनाउनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्