ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता केही दिनमै : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२४ बैशाख २०७५, सोमबार   २ : २४   बजे

काठमाडाैं,२४  वैशाख ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता केही दिनमै टुंगिने बताउनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले अब बस्ने पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताको विषयलाई टुंग्याउने दावी गर्नुभएको हो ।

संयोजन समितिको बैठक केही दिनमै बस्ने जानकारी पनि उहाँले दिनुभयो । माओवादी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्ता सकारात्मक भइरहेको जानकारी गराउनुभएको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा दुई दलबीच समान धारणा बनाउनुपर्ने भएकाले पार्टी एकतामा केही ढिलाई हुन गएको जानकारी गराएको पनि प्रमुख सचेतक गुरुङले जानकारी दिनुभयो । बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको थियो । माओबादी संसदीय दलको बैठक भोलि बिहान पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

भोकै नबसी पनि तौल घटाउन सकिन्छ ? ‘सही खाना छनोट’बारे नयाँ अध्ययनको सन्देश

पेटभित्र क्याप्सुलमा लुकाएको १५० ग्राम सुनजस्तो धातु पाँच दिनपछि बरामद

ट्रम्प प्रशासनले ९० दिनका लागि ‘ग्राउन्ड बिफ’ आयातमा भन्सार छुट दियो

प्रधानन्यायाधीश शर्माद्वारा पोखराका अदालत निरीक्षण, क्षतिग्रस्त भवन पुनर्निर्माणमा चासो

गण्डकी प्रदेशस्तरीय मिडिया कप फुटसल असोज २ र ३ गते हुने

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu