ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सलमानका चलचित्रको पोस्टर जलाइयो, सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कारको घोषणा !


एबीसी न्यूज
१९ जेष्ठ २०७५, शनिबार   ९ : ४९   बजे
बलिउड अभिनेता सलमान खानको विवाद र चर्चामा आउने कुरा नौलो होइन । पटक–पटक आफ्नै व्यवहारका कारण विवादमा आउने सलमान यसपटक भने भिनाजुका कारण विवादित बनेका छन् ।

सलमान खानलाई पिट्नका लागि विश्व हिन्दु परिषदका पूव अध्यक्ष प्रवीण तोगडियाका साथी गोविन्द पराशरले दुई लाख इनाम राखेका छन् । पराशरले सलमानमाथि मानिसहरुलाई भावनामा ठेस पुर्याएको आरोप लगाएका छन् । यो सबै कुरा सलमानका ज्वाईँ आयुष शर्माले ल्याउन लागेको चलचित्र ‘लवरात्रि’ ले उत्पन्न गराएको हो ।

सलमानका चलचित्रको पोस्टर जलाइयो

सलमान खानकी बहिनी अर्पिताका श्रीमान आयुष शर्माको चलचित्र ‘लवरात्रि’ सार्वजनिक हुँदैछ । यो चलचित्र सलमान खान प्रोडक्सनको ब्यानरमा बन्दैछ । सबै विवाद फिल्मको नामलाई लिएर पैदा भएको हो । गोविन्द पराशरले चलचित्रको नाम ‘लवरात्रि’ राखेर हिन्दू भावनालाई ठेस पुर्‍याएको आरोप लगाएका छन् ।

बिहीबार पराशरले कार्यकताहरुसँगै उपस्थित भएर सलमानका फिल्मका पोस्टर जलाएका छन् । कार्यकताले सडकमा फिल्मको विरोधमा नाराबाजी पनि गरे । पराशरले फिल्मप्रति आपत्ति जनाउँदै भने, ‘यो फिल्म सलमानले बनाउँदैछन् । ‘नवरात्रि’ एउटा धार्मिक पर्व हो । यससँग लाखौँ हिन्दूहरुको भावना जोडिएको हुन्छ । हामी सलमानको निन्दा गर्दछौँ । हामी फिल्ममाथि प्रतिबन्धको माग गर्छौँ ।’ उनले आफू ‘हिन्दू ही आगे’ नामको संस्थाको सिटी युनिटको अध्यक्ष भएको बताउँदै सार्वजनिक ठाउँमा सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कार दिने घोषणा गरेका छन् ।

नवरात्रिमा आधारित भनिएको यो चलचित्रमा सलमानले आफ्ना ज्वाईँलाई डेब्यू गराउँदैछन् । यसमा वरीना हुसैन मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group