एजेन्सी – बलिउड सुपरस्टार आमिर खान विवाद र गसिपका विषयबाट प्राय: टाढा बस्न रुचाउँछन्। तर अहिले एक तस्बिरका कारण उनी विवादमा तानिएका छन्। आलोचनाको प्रहार खेप्न विवश छन् उनी।
आमिरले आफ्नो फेसबुकमा छोरीसँगको एउटा फोटो सार्वजनिक गरे। जहाँ अमिर छोरी इरासँग खुल्ला चौरमा रमाइरहेका छन्। उनले फिल्म ‘कयामत से कयामत तक’का निर्देशक मन्सुर खानको ६०औं जन्मदिनको अवसरमा खिचेका केही तस्बिर सेयर गरेका थिए।
फोटोमा आमिर आफ्नी छोरी इरासँग पार्कमा खेल्दै गरेका छन्। तस्बिरको विषयलाई लिएर कमेन्टबक्समा पनि बुवा–छोरीको सम्बन्धलाई एकदमै अभद्र किसिमको टिप्पणी गरिएको छ। आमिर यही तस्बिरका कारण सामाजिक सञ्जालमा ट्रोलको सिकार भइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्