ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलको विकासका लागि पूर्वाधार विकास आवश्यक : केसी


admin
२९ श्रावण २०७४, आइतबार   ८ : २८   बजे

काठमाडौँ, २९ साउन । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदको विकासका लागि पूर्वाधारको विकास हुनु जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौँ क्षेत्र नं १० का खेलाडीले आज मन्त्रालयमा गरेको भेटमा मन्त्री केसीले पूर्वाधारबिना खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभयो । “मुलुकको खेलको विकासका लागि नै मन्त्रालयको स्थापना भएको हो, खेल र खेलाडीको विकासमा म प्रतिबद्ध छु,” उहाँले भन्नुभयो ।

मन्त्री केसीले सबैका लागि खेल, स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले राम्रो खेलाडी उत्पादन गर्न सरकारले आवश्यक कदम चाल्ने बताउनुभयो । उहाँले शिक्षा, सरसफाइ, विकास निर्माण र राष्ट्रनिर्माणमा खेलाडीको प्रयोग गरे मात्र देशको विकास हुने बताउनुभयो ।

“खेलकुदको विकासका लागि सरकारले स्नातक र स्नातकोत्तर तहको शिक्षालाई अगाडि बढाउन लागेको छ,” उहाँले भन्नुभयो । खेलाडीलाई उत्साहित, व्यवसायी र रोजगार सृजना गर्ने माध्यमका रुपमा विकास गर्न मन्त्रालय लागेको उहाँको भनाइ थियो ।

मन्त्री केसीले केही दिनदेखि मुलुकमा परेको अविरल वर्षाका कारण विभिन्न भागमा बाढी पहिरोले क्षति पुगेको भन्दै विपद्को घडीमा सहयोग गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा खेलाडीहरुले काठमाडौँ क्षेत्र नं १० खेलाडी उत्पादनको क्षेत्र भएकाले भूकम्पले क्षति पुगेका मैदानलाई पुनः निर्माण गरी नयाँ खेलमैदान थप्न सके खेलकुदको विकास हुने र खेलकुद मैदान थप्न मन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

पीएसए नेपाल स्याटेलाइट स्क्वास : दीपक थापाको विजयी सुरुवात

टप एन्ड टी–२० : बंगलादेशसँग नेपाल ‘ए’ ९ विकेटले पराजित

टप एन्ड टी–२० : नेपाल ‘ए’द्वारा बंगलादेशलाई १०० रनको लक्ष्य

ज्ञान मन्दिरका ५८ कराँते खेलाडीको बेल्ट परीक्षा सम्पन्न

टप एन्ड टी–२० : नेपाल ‘ए’ आज बंगलादेश हाई–परफर्मेन्ससँग भिड्दै

‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu