ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५४ जना खेलाडी पुरस्कृत


एबीसी न्यूज
१८ असार २०७५, सोमबार   ९ : ३८   बजे

काठमाडौँ ,१८ असार । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा आर्मीले टिम च्याम्पियनको उपाधि जितेको छ । आर्मीले पुरुषतर्फ ५ स्वर्ण,५ रजत र ६ कास्य तथा महिलातर्फ ४ स्वर्ण,२ रजत र ५ कास्य जित्दै समग्रमा ९ स्वर्ण,७ रजत र ११ कास्यका साथ टिम च्याम्पियनको उपाधि चुमेको हो ।


प्रतियोगितामा पुरुष तर्फ आर्मीका सुशिल थापा उत्कृष्ट खेलाडी घोषित भए । महिला तर्फ एपीएफकी माला राई उत्कृष्ट घोषित भइन् । उत्कृष्ट निर्णयकको उपाधि आठौ सागका स्वर्ण बिजेता प्रकाश थापामगरले जिते । बिजेता तीनै जनाले जनही २० हजार नगद प्राप्त गरे । विजेतालाई प्रकाश दाहालकी पत्नी तथा खानेपानी मन्त्री विनामगरले पुरस्कार वितरण गरिन् ।

लैनचौर स्थित हलमा सम्पन्न प्रतियोगिताको हेवी वेट ९१ केजी माथिको स्वर्ण पदक आर्मीका आशिष दवाडीले जिते । फाइनलमा उनले कैलालीका सुरेश ओझालाई हराएका थिए । यस्तै पुरुषकै ९१ केजीको स्वर्ण पदक पनि आर्मीका अर्जुन सिंहले जिते । स्वर्ण भिडन्तमा अर्जुनले आफ्नै क्लबका गणेश प्रधानलाई पराजित गरे । पुरुषकै ८१ केजी तौलको फाइनल प्रतिस्पर्धामा कास्कीका दिपक सुनुवारले आर्मीका भुपेन्द्र सिंहलाई हराउँदै स्वर्ण पदक जिते । पुरुष ५२ केजीको स्वर्ण पदक एपीएफका विक्रम परियारले हात पारे । उनले फाइनलमा आर्मीका विकास राईलाई हराएका थिए । पुरुष ४८ केजीको स्वर्ण जित्नका लागि आर्मीका सुशिल थापाले एपीएफका आश तामाङलाई पराजित गरे ।

पुरुष ५६ केजीको स्वर्ण पदक एपीएफका पुरन राईले जिते । पुरनले फाइनलमा कास्कीका दिनेश बानियाँलाइ हराएका थिए । ६० केजीमा आर्मीका दानबहादुर दर्लामी च्याम्पियन बने । फाइनलमा उनले झापाका प्रकाश लिम्बुलाई हराएका थिए । यस्तै ६४ केजीमा आर्मीका नरेश थापा च्याम्पियन बने । स्वर्ण भिडन्तमा नरेशले झापाका अविनय राईलाई हराएका थिए । ६९ केजी तौल समूहमा कास्कीका हेमराज राउत च्याम्पियन बने । उनले फाइनलमा आर्मीका रवि सुनारलाई पराजित गरे । पुरुषकै ७५ केजी तौलको स्वर्ण जित्दा बानुजका कौशल जंग थापाले आर्मीका कृष्णराज शाहीलाई हराएका थिए ।

अखिल नेपाल खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामाको विगागीय टिमले पुरुषको १० मध्ये सात स्वर्ण जित्दा महिला तर्फ भने आठै तौल समूहको स्वर्ण विभागीय टिमले बाँडेका छन् । आर्मी र एपीएफले चार चार स्वर्ण कब्जा गरे । ५१ केजीको फाइनलमा एपीएफकी माला राईले मकवानपुरकी सञ्जुमाया थिङलाई हराइन् भने ५४ केजीमा आर्मीकी मिनु गुरुङले काठमाडौंकी मिना घलेलाई पराजित गरिन् । ५७ केजीको फाइनलमा आर्मीकी चन्द्रकला थापाले नक्सालकी कुशुम तामाङलाई हराउँदै स्वर्ण जितिन् । ६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठले कैलालीकी सविता चौधरीलाई पराजित गरिन्।

महिला ७५ केजीमा आर्मीकी शिलु डंगोलले आर्मीकै सोनाम रोकलाई हराउँदै स्वर्ण पदक कब्जा गरिन् । ६९ केजी तौल समूहमा एपीएफकी सरस्वती रानाले आर्मीकी उमौ गुरुङलाई हराउँदै स्वर्ण पदक हासिल गरिन् । यस्तै महिला ४८ केजीको फाइनलमा एपीएफकी सावित्री तामाङले आफ्नै क्लबकी नन्जा बुढामगरलाई पराजित गरिन् । ६४ केजीको स्वर्ण भिडन्तको बाजी विनिता थापामगरले हात पारिन् । उनले नक्सालकी अम्बिया विकलाई हराएकी थिइन् ।

प्रत्येक समूहका बिजेता उपबिजता तथा तेश्रो स्थान हाँसिल गर्ने खेलाडीले क्रमशःनगद १० हजार,५ हजार र ३ बिजेतालाई स्वर्गिय प्रकाश दाहालकी धर्मपत्नी खानेपानी मन्त्री बिना मगर,पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली,नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठ,संघका अध्यक्ष राम अवाले,राखेप सदस्य एवमं संघका बरिष्ट अध्यक्ष तथा अखिल नेपाल बक्सिङका संस्थापक अध्यक्ष अर्जुन बहादुर केसी, प्रतियोगिता संयोजक पवन अग्रवलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

उपल्लो मुस्ताङका ६ सय वर्ष पुराना चोर्टेन संरक्षणको पर्खाइमा

 सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध निर्वाचित

Russia Faces Growing Mobilization Fears as Recruitment Tactics Intensify

Rwanda Accuses DR Congo of Supporting Rwandan Armed Group

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu