ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाइल्याण्डमा डुङ्गा पल्टिदां सातको मृत्यु, ५० जना बेपत्ता


एबीसी न्यूज
२२ असार २०७५, शुक्रबार   ४ : ०४   बजे

एजेन्सी ,२२ असार । दक्षिणी थाइल्याण्डमा अवस्थित एक समुद्रमा भएको डुङ्गा दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै करिब ५० जना बेपत्ता भएका छन् ।
थाइल्याण्डको फुकेट प्रान्तका गभर्नर नोर्राफाट प्लोद्थोङले शुक्रबार सो जानकारी दिुनभएको बैंककबाट प्राप्त समाचारमा जनाइएको छ ।

करिब १४८ जना व्यक्ति सवार रहेका यस डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । यस दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

बिहीबार भएको यस दुर्घटनामा परी सात व्यक्तिको मृत्यु भएको भने पुष्टि भएको छ । मृत्यु भएकामा प्रायः सबैजसो चिनियाँ पर्यटक भएको बताइएको छ ।

हराएकामा पनि धेरैजसो चिनियाँ पर्यटक परेका प्राप्त समाचारमा जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको सो डुङ्गाबाट उद्धार गरिएका ९४ जना यात्रुमा ७६ जना चिनियाँ पर्यटक रहेका छन् ।

सो डुङ्गमा धेरैजसो चिनियाँ नागरिक रहेको पुष्टि सोङगखिलका चिनियाँ कन्सुलेट जनरलले गर्नुभएको छ ।

यस दुर्घटनामा घाइते भएका ११ व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।

हराएकाको खोजी तिब्र गतिमा भएको र यस कार्यको लागि थाइ प्रहरी, सैनिक, नौसना, स्थानीय कार्यकर्ता र हेलिकोप्टर परिचालन गरिएको थाई सरकारी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu