ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपबाट बाहिरियो ब्राजिल,अब बेल्जियमले फ्रान्ससँग भिड्ने


एबीसी न्यूज
२३ असार २०७५, शनिबार   १ : २०   बजे

मस्को, २३ असार। पाँच पटकसम्म विश्वकफको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटर फाईनलबाटै बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो ।

रुसमा भएको प्रतियोगितामा बाहिरिनुअघि भएका चार खेलमा एक गोल मात्रै खाएको ब्राजिललाई उपाधिको प्रमुख दावेदारका रुपमा हेरिएको थियो ।
ब्राजिलको बहिर्गमनसँगै विश्वकप फुटबल प्रतियोगितामा अव युरोपेली मुलुकका टोलीबीचमा मात्रै प्रतिश्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अव फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नु पर्नेछ । बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो ।
शुरूमा आत्माघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि केभिन डिब्रुइनाले उत्कृष्ट गोल गरेका थिए ।

अगष्टोले अन्तिम १५ मिनेट बाँकी छँदा ब्राजिलका लागि गोल गरे पनि बेल्जियमले खेललाई आफ्नो हातबाट फुत्कन दिएन ।
खेलको शुरूमा नै ब्राजिलका थिएगो सिल्भाले नेमारबाट प्राप्त कर्नरमा हानेको प्रहारलाई जालीसम्म पुर्याउन असफल रहे ।

बेल्जियमविरूद्ध ब्राजिलले २७ प्रहार गरेपनि बेल्जियमका गोलरक्षकले उत्कृष्ट ढङ्गले गोल हुन दिएनन ।
राम्रो प्रदर्शन गर्दागर्दै पनि गोल गर्न असफल भएपछि ब्राजिल प्रतियोगिताबाट बाहिरिँदा रुसको कजान रंगशालामा रहेका लाखौ समर्थक दुःखी भएका थिए ।
यस पटकको विश्वकपबाट यसअघिका अन्य विश्वकप विजेता टोलीहरू जर्मनी, आर्जेन्टिना, स्पेन र उरूग्वेपनि बाहिरिए छन् ।

आज राति हुने सेमिफाइनलको पहिलो चरणको फुटबल प्रतियोगितामा स्वीडेन र इंग्ल्याण्डबीच र दोस्रो चरणमा आयोजक राष्ट्र रुस र क्रोएसियाबीच हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu