ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुलाई २५ को निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना


एबीसी न्यूज
२६ असार २०७५, मंगलबार   ८ : ०४   बजे

एजेन्सी , २६ असार । सेनाको राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुने निर्वाचनमा ‘प्रत्यक्ष भूमिका नरहने’ पाकिस्तानी सेनाका प्रवक्ताले मङ्गलबार बताएका छन् ।

सेनाको यो भनाई निर्वाचनको परिणामलाई प्रभाव पार्न व्यापक रूपमा सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपप्रति लक्षित गरी आएको हो ।

राज्यको शक्तिशाली संस्था सेनाले आरोपको खण्डन गर्दै आफ्नो झण्डै ७० वर्षको इतिहासमा तीन लाख ७० हजार सेना निर्वाचनका दिन मतदान प्रक्रियालाई निर्विग्न तरिकाले सञ्चालन गर्नका लागि तैनाद हुने भएपनि यसमा आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताउनुभयो ।

पाकिस्तानी सैनिक सुरक्षा बलको प्रत्यक्ष भूमिका रहने छैन,” उहाँले रावलपिण्डी सैनिक मुख्यालयमा आयोजित निकै भव्य पत्रकार सम्मेलनबीच भन्नुभयो । “म यो प्रष्ट पार्न चाहन्छु कि सेनाको निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन ।”

उहाँले राजनीतिक प्रक्रियामा आफ्नो सम्लग्नतालाई अस्वीकार गर्दै भन्नुभयो, “न त सेना न यसको गुप्तचर निकाय राजनीतिक उद्देश्यका लागि काम गर्दैन ।”

पाकिस्तानको निर्वाचन आयोगले सेनालाई स्वच्छ तथा निष्पक्ष निर्वाचन गराउने काममा सहयोगीको रूपमा विश्वास गरेको छ । निर्वाचनलाई सफल बनाउन सवै तीन लाख ७१ हजार ३८८ सैन्य अधिकारीले निर्वाचन आयोगद्वारा तोकिएको जिम्मेवारीलाई निर्वाह गर्नेछन् ।

पाकिस्तानको सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग–नवाज –पिएमएल–एन), सञ्चारमाध्यम, राजनीतिक विश्लेषक तथा अधिकारकर्मीले पिएमएल–एनविरुद्ध अघोषित एवम् शान्तिपूर्ण रूपमा विद्रोह गराउन लागेको यहाँको प्रबुद्धहरूको संगठनले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu