ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैसा नतिरेको भन्दै विद्यालयले ५० जना बालिकालाई बन्धक बनायो


एबीसी न्यूज
२७ असार २०७५, बुधबार   १ : ०६   बजे

काठमाडौं, २७ असार । भारतको राजधानी नयाँ दिल्लीको एक स्कुलले शुल्क नतिरेको भन्दै ५० छात्रालाई स्कुलमै बन्धक बनाएको छ । अभिभावकले नानीहरुको शुल्क समयमै नतिरेका कारण सजायस्वरुप उनीहरुलाई स्कुलले बन्धक बनाएको समाचार भारतीय मिडियाहरुले सार्वजनिक गरेका छन् ।

दिउँसो अभिभावकहरू बच्चीलाई लिन स्कूल पुग्दा यसको बारेमा थाहा पाए । बच्चीहरू गर्मीका कारण भोकप्यासले बेहाल थिए ।

आफ्ना बच्चीहरूलाई यस्तो हालतमा देख्दा अभिभावक धेरै रिसाए । स्कूलबाहिर धेरै हल्लाखल्ला भयो । यो सूचना पाउनेबित्तिकै वरिष्ठ प्रहरी अधिकारीहरू स्कूल पुगे । अभिभावकको उजुरीपछि प्रहरीले बच्चीहरूलाई जबर्जस्ती बन्धक बनाइएकोमा मुद्दा दर्ता गरेको छ ।
राबिया गर्ल्स पब्लिक स्कूलमा यो घटना भएको हो । त्यहाँ १२ कक्षासम्म पढाइ हुन्छ ।

सोमवार बिहान स्कूल खुल्दा नर्सरी र केजी कक्षका छात्राहरूका मातापिता आफ्ना बच्चीलाई छोडेर गए । दिउँसो १२ः३० मा बच्ची लिन जाँदा ५९ चाहिँ क्लासमा थिएनन् ।

कर्मचारीहरूसँग सोध्दा फीस नदिएको कारण स्कूलकी हेडमास्टर फराह दीबा खानले आदेश दिएर बच्चीहरूलाई स्कूलको बेसमेन्टमा राखिएको बताए ।

साँघुरो कोठमा पंखा पनि नभएको अभिभावकहरूले बताए । चार र पाँच वर्षका बच्चीहरू भोक र प्यासबाट पीडित थिए ।

रिसाएका अभिभावकले हेडमास्टरसँग कुरा गर्दा उनले दुर्व्यवहार गर्दै बाहिर जान लगाइन् । स्कूल प्रशासनले चाहिँ बच्चीहरूलाई एक्टिभिटी रूममा राखिएको र बच्चीहरूलाई त्यहाँ केही बेर बस्न भनेको बतायो । यसबाहेक स्कूलले टिप्पणी गर्न मानेको छैन र सबै कुरा प्रहरीलाई बताउने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu