एजेन्सी ३१ असार । सामुहिक बलात्कारपछि एक महिलालाई जिउँदै जलाएर हत्या गरिएको छ ।
भारतको उत्तर प्रदेशको सम्भल जिल्लामा पाँचजनाको समूहले सामूहिक बलात्कार पछि जिउँदै जलाएर हत्या गरेका हुन् ।
शनिबार राति २ बजेतिर सो घटना भएको हो । आफूलाई जलाउनु अघि महिलाले प्रहरीलाई फोन गरे पनि प्रहरीबाट कुनै सहयोग नभएको महिलाका पतिले बताए । ठूलो पानी परेको कारण घटनाको समयमा हल्लीखल्ली गर्दा पनि कसैले सुन्न नसकेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको छ । महिलाका २ जना सन्तान रहेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको मन्दिरमा लगेर जिउँदै जलाइएकोे टाइम्स अफ इण्डियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्