ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाले गरिरहेका काम सकारात्मक छ:राष्ट्रपति ट्रम्प


एबीसी न्यूज
२ श्रावण २०७५, बुधबार   ५ : २९   बजे

एजेन्सी,२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले गर्ने भनेको निशस्त्रीकरणका लागि कुनै हतार नरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो– मलाई थाहा छ, उत्तर कोरियाले यसका लागि काम गरिरहेको छ र त्यो काम पूरा पनि हुनेछ । यसका लागि कुनै समय सीमा नराखिएको पनि उहाँले स्पष्ट गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सम्वाददाताहरुसँग भन्नुभयो– यसका लागि आवश्यक परामर्श र सरसल्लाहहरु भइरहेका छन्, उत्तर कोरियाले गरिरहेका कामहरु सकारात्मक मोडमै छन् ।

उहाँले हेल्सिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटका क्रममा सो जानकारी गराएको पनि सम्वाददाताहरुले जनाएका छन् ।

उहाँले राष्ट्रपति पुटिनलाई आफूले उत्तर कोरियाली नेता किम जोङ उनसँग यस विषयमा बारम्बार फोनमा पनि सम्वाद गर्ने गरेको जानकारी गराउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– रुसी राष्ट्रपति पुटिन सधैँ हाम्रो साथमा हुनुहुन्छ, यो प्रक्रियालाई उहाँले सधैँ सहयोग नै गर्नुहुनेछ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत जुन १२ मा सिङ्गापुरमा वार्ता भएको थियो ।

सो उच्चस्तरीय वार्ताका क्रममा उत्तर कोरियाली नेता किमले आफूले निशस्त्रीकरणको सिद्धान्त अपनाउने र आणविक परीक्षणको काम अब नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तर यसप्रति अमेरिकीहरुले प्रश्न गर्ने गरेका छन् । उनीहरुले उत्तर कोरियाले भनेजस्तो काम नगर्ने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् ।

उनीहरुले बिनाकुनै समय सीमा निशस्त्रीकरण गर्ने भनेर मात्र उत्तर कोरियाले टारेको भन्दै यसबाट अमेरिकालाई धोका हुन सक्ने बताएका छन् ।

अधिकांश अमेरिकी सञ्चारले पनि उत्तर कोरियाले निशस्त्रीकरणको कार्यक्रम कहिलेसम्म गर्ने हो त्यसको समय आवश्यक पर्ने बताएका छन् ।

यसै जिज्ञासाको जवाफमा राष्ट्रपति ट्रम्पको यो प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पले भने सिङ्गापुर वार्तादेखि नै उत्तर कोरियाले निशस्त्रीकरण गर्नेमा आपूm विश्वस्त रहेको बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu