ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दन्तेवाडामा ठूलो भिड्न्त, शीर्षतहका माओवादी कमाण्डरसहित ८ जना मारिएको प्रहरीको दाबी


एबीसी न्यूज
३ श्रावण २०७५, बिहिबार   ७ : ०२   बजे

दन्तेवाडा, ३ साउन । छत्तिसगढको दन्तेवाडा र बीजापुरको सीमामा पर्ने तीमेनारको पहाडमा बिहीबार बिहान प्रहरी र नक्सलवादीबीच भएको मुठभेडमा ८ जना नक्सलवादी ९माओवादी०का मृत्यु भएको र मृत्यु हुनेमा तीन जना महिला रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले सबै नक्सलवादीका शव बरामद गरेको जनाएको छ । साथै उनीहरुको साथबाट अत्याधुनिक स्वचलित हतियार र भारी मात्रामा विस्फोटक बरामद गरेको एसपी नक्सल अपरेशन जीएन बघेललाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दन्तेवाडामा डीआरजी र एसटीएफका जवान विहीबार विशान करीब ६ बजे गंगालूर क्षेत्रका तीमेनार पहाड क्षेत्रको जंगलमा सर्च अपरेशनमा थिए । यसैक्रममा सुरक्षाकर्मीलाई देख्नसाथ नक्सलवादीले आक्रमण शुरु गरे । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायरिङ गरे ।

करीब आधा घण्टासम्म चलेको भिडन्तमा ८ जना नक्सलवादी मारिएको सुरक्षा अधिकारीको दाबी छ । उनीहरुको साथबाट प्रहरीले २ थान इन्सास, २ थान थ्रीनटथ्री १ थान १२ बोर बन्दुकसहित भारीमात्रामा विस्फोटक पदार्थ बरामद गरेको बताइएको छ ।

मुठभेडमा मारिएका नक्सलवादीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । वरामद गरिएका हतियारका आधारमा मारिएका नक्सलवादी उच्चतहका नेता भएको प्रहरीको दाबी छ । यस्ता हतियार नक्सलवादीका उच्च कमाण्डरले मात्रै प्रयोग गर्ने गरेको उनीहरुको दाबी छ ।

लामो समयपछि छत्तीसगढ प्रहरीले यो ठूलो सफलता पाएको उनीहरुको दाबी छ । अहिलेसम्म आन्ध्र प्रदेश, उडिसा र महाराष्ट्र प्रहरीले गरेका छन तर सफलता हात पार्न नसकेको बताइएको छ । दन्तेवाडा कारबाहीको नेतृत्व डीआरजी र एसटीएफले संयुक्त रुपमा अगाडि बढाएका हुन् ।

गृहमन्त्रीका बधाई

नक्सलवादीमाथि दन्तेवाडामा प्रहरीले पाएको सफलताका लागि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मुख्यमन्त्री रमन सिंहलाई फोन गरेर बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group