ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 इज्जत जोगाउन आफ्नै बुवाले छोरीलाई  जिउँदै जलाए


एबीसी न्यूज
६ श्रावण २०७५, आइतबार   ९ : २८   बजे
unn.prixa.net

काठमाडौं, ६ साउन । भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीको आफ्नै बुवा र दाईले जिउँदै जलाएका छन् । आफ्नै छोरी तथा बहिनीलाई जिउँदै जलाउनुको मुख्य कारण इज्जत भएको प्रहरीले जानकारी दिएको छ ।  प्रहरीका अनुसार ती युवतीले परिवारको इच्छा विपरित विवाह गर्न लागेकी थिइन् ।

गएको शुक्रबार १९ वर्षीय लक्ष्मी बाई उनका प्रेमी राजकुमार लौवंशीको घरमा पुगेकी थिइन् । लौवशीको घरमा गएकी लक्ष्मीलाई उनका बुवाले देखेका थिए । लक्ष्मीलाई उनका बुवाले जबरजस्ती घिसारेर आफ्नो घर लगेका बताइएको छ ।

जानकारीका अनुसार लक्ष्मी र राजकुमार १० महिनादेखि प्रेम गर्दै आइरहेका थिए । लक्ष्मीको परिवारलाई यो सम्बन्ध मन परेको थिएन । लक्ष्मीका बुवाले पटक पटक लक्ष्मीलाई सम्झाउँदै आएका थिए । लक्ष्मी र राजकुमारले अदालतमा गएर बिहे गर्ने निर्णय गरेका थिए ।

यसैक्रममा गएको शुक्रबार लक्ष्मी राजकुमारको घर गएको देखेपछि उनका बुबा सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिएका थिए । ती युवतीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको र उनका बुबा र दाइ दुवैजनालाई पक्राउ गरेको बताएको छ । युवतीकी आमा र केही छिमेकीले ती युवतीले आफैँ मट्टीतेल छर्किएर आत्महत्या गरेकी भन्ने बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

नेपालमा फसेका भारतीयको उद्धार तीव्र बनाउन मोदीलाई खड्गेको आग्रह

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu