ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उरुग्वेको महत्वपूर्ण जित


admin
२१ भदौ २०७४, बुधबार   १० : ००   बजे

काठमाडौं, २१ भदौं । रुसमा आउँदो वर्ष हुने विश्वकप फुटबलको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा उरुग्वेले महत्वपूर्ण जित दर्ता गरेको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गतको खेलमा रुस विश्वकपका लागि छनौटका लागि महत्वपूर्ण खेलमा लुइस स्वारेजको टिम उरुग्वेले पाराग्वेलाई २–१ ले हराएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा तीनै गोल दोस्रो हाफमा भयो । यहि खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका फेडेरिको भाल्भेर्डेले ७६ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए । तर उरुग्वेको जितमा उपहार गोल महत्वपूर्ण रह्यो ।

८० औं मिनेटमा पाराग्वेका गुस्ताभो गोमेजले आत्मघाती गोल गरेपछि उरुग्वेले २–० को अग्रता लियो । ८८ औं मिनेटमा एन्जल रोमेरोले पाराग्वेका लागि एक गोल फर्काए । जितपछि उरुग्वे २७ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण अमेरिकी क्षेत्रका १० देश सहभागी प्रतिस्पर्धामा शीर्ष चार स्थानमा रहने टिम विश्वकपका लागि छनौट हुनेछन् । ब्राजिल यसअघि नै छनौट भएको छ । पाँचौं स्थानमा रहने टिमले प्लेअफ खेल्नु पर्ने छ ।
जितपछि उरुग्वे २७ अंक जोड्दै कोलम्बियालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । तेस्रो स्थानको कोलम्बियाको २६, चौथो र पाँचौं स्थानका पेरु र अर्जेन्टिनाको समान २४ तथा छैटौं स्थानको चिलीको २३ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीजमा दिदीबहिनीलाई उपहार दिने गोविन्दको सपना, भोटेकोशी बाढीले अधुरै बनायो

नेपालको बाढीले भारतलाई पनि जोखिम, सीमापार नदी व्यवस्थापनमा सहकार्य आवश्यक

सम्बन्धित

इंग्ल्यान्डविरुद्ध टी–२० शृंखलाबाट कुशल मेन्डिस बाहिर

नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि

ढोरपाटनकी मिना सुनारले जितिन् ‘पिपुल्स च्वाइस अवार्ड’

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल लगातार दोस्रो जितसँगै शीर्षस्थानमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक

खप्तड फाल्कोन्सले ब्राजिलियन सेटर नेटोलाई अनुबन्ध गर्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu