ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विजुलीबाट बल्ने झिलिमिली बत्तिहरुले गर्दा माटाका पालामा दीप् प्रज्वलन गरेर तिहार मनाउने परम्परा हराउंदै


एबीसी न्यूज
१८ कार्तिक २०७५, आइतबार   ७ : ५६   बजे

काठमाडाैं, १८  कातिक । नेपालीको दोस्रो ठूलो चाड दिपावली तथा तिहार नजिकिंदै छ । तिहारमा दीप प्रज्वलन गरेर औंशीको रातलाई पनि झलमल्ल पार्ने परम्परा छ । तर, विगत केही वर्षयता विदेशवाट विजुलीबाट बल्ने झिलिमिली बत्तिहरुले गर्दा मौलिक रुपमा माटाका पाला, दियो प्रज्वलन गरेर तिहार मनाउने परम्परा हराउंदै गएको छ । पाला, दियो मात्र होइन यस समस्या सबै माटाका मौलिक सामान निर्माणमा देखिएको छ ।

तिहारलाई झिलिमिलि पर्वका रुपमा मनाउने गरिन्छ । तर, मौलिक रुपमा प्रयोग गरिने माटाका पाला लगायत माटोका अन्य सामाग्रीहरु हराउदै गएका छन् । त्यसो त, दियो मात्र होइन चाडपर्वमा प्रयोग गरिने अन्य माटोका भा“डाकुडाहरु पनि लोप हुंदै गएका छन् । माटा त्यस्ता सामाग्रीहरु प्लास्टिक र अन्य पदार्थबाट निर्माण हुन थालेसंगै माटाका मौलिक भा“डाकुडा विस्थापित हुन थालेका हुन् । पुस्तेनी रुपमा माटाका सामान बनाउदै आएका व्यवसायीहरु माटोका भाडाकुडाको माग घट्दै गएको बताउंछन् ।

अझ माटोका सामाग्री निर्माणको कला पुस्तान्तरण हुन नसक्दा यस्ता सामाग्री दुर्लभ हुदै जाने खतरा समेत बढेको छ । विगतमा महत्वपुर्ण क्षेत्रका रुपमा रहेको माटोका सामाग्रीहरुको बजार विस्तार हुन नसक्दा पछिल्लो पुस्तामा यस पेशाप्रति विकर्षण बढ्दै गएको माटोका विभिन्न सामाग्री बनाउंदै आएका एक व्यवसायी बताउछन् । माटोबाट विभिन्न सामाग्री निर्माण गर्नु एउटा कला हो । नेपालको मौलिकता समेत बोकेको यस पेशा संकटमा पर्दै जानु आ“फैमा दुखद पक्ष हो ।

माटोका सामाग्री निर्माणकार्य हेर्दा सहज देखिए पनि यसका आफनै विधि र प्रकृया छन् । का“चो माटोलाई उपयोग गर्नयोग्य सामाग्री बनाउन विभिन्न चरण पार गर्नु पर्ने हुन्छ ।लामो समयदेखि माटोका सामाग्री वेच्दै आएका व्यवसायीहरु पहिलेको तुलनामा व्यवसाय घटेको बताउछन् ।

माटोका सामाग्री उत्पादन नेपाली मौलिक परम्परा हो । तर, विगत केही वर्षयता विदेशबाट आयात हुने प्लास्टिकजन्य तथा अन्य सामानहरुको प्रयोगले माटोका सामाग्री प्रतिको आकर्षण घटाउंदै लगेको छ । अतः माटोका सामाग्री निर्माण कार्यलाई व्यवसायिक बनाउन सम्वन्धित निकायले ध्यान पु¥याउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu