ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सयपत्री फूलको व्यवसायिक खेतीबाट मनग्य अाम्दानी


एबीसी न्यूज
१८ कार्तिक २०७५, आइतबार   ८ : १६   बजे

झापा, १८ कातिक । तिहार र छठ पर्वमा नेपाली बजारमा फूलको खपत अत्यधिक हुने गर्दछ । यस सयममा बजारको मागलाई पूर्ति गर्न विदेशबाट फूल आयात गर्नुपर्ने बाध्यता रहेको छ । यही अवस्थालाई मध्यनजर गर्दै झापाको किसानले सयपत्री फूलको व्यवसायिक खेती गरेका छन् । तर, उत्पादन भएका फूलको भण्डारण र बजार व्यवस्थापन गर्न नसक्दा फूल नष्ट हुने चिन्ताले किसानलाई सताउन थालको छ ।

तिहार र यस लगत्तै आउने छठ पर्वमा देशभर सयपत्री फूलको माग ह्वात्तै बढ्ने गर्दछ । त्यस मागलाई नेपालमा उत्पादनमा भएका फूलले नधान्ने भएकाले भारतीय बजारबाट ठूलो मात्रामा सयपत्री आयात गरिंदै आइएको छ । विदेशबाट फूल आयात भइरहेको नजिकबाट नियालेका झापाको भद्रपुर नगरपालिका वडा नम्बर ७ इलुबारीका खेमराज दाहाल र खगेन्द्रा खुसीले भद्रपुरमै व्यवसायिक सयपत्री खेती गरेका छन् । फूलको बजार राम्रो देखेका दाहाल दम्पत्तीले वार्षिक वार्षिक ५० हजार रुपैया“मा जग्गामा भाडामा लिएर सयपत्री फूल खेती गरेका हुन् ।

भारतको कलकत्ताबाट विरुवा ल्याएर रोपिएको ५० हजार बोट सयपत्री फूल ढकमक्क फुलेको छ । तर, बजार व्यवस्थापन गर्न नसक्दा फूल बोटमै ओइलिन थालेपछि घाटामा जाने हो कि भन्ने चिन्ता बढेको खेमराज दाहालले बताए ।
पछिल्लो समय फूल चाडबाडका बेला मात्र नभएर फूलको प्रयोग सभा समारोह, पूजाआजा, जन्म, मृत्यु लगायतका कार्यमा पनि प्रयोग गर्ने प्रचलन बढ्दै गइरहेको छ । जसले गर्दा अन्य सिजनमा पनि फूलको माग बढ्दै गएको छ । दाहाल दम्पत्तीले अहिलेसम्म ७० हजार रुपैया“ बराबरको सयपत्रीको माला बिक्री गरिसकेका छन् । फूलको थु“गाभन्दा मालाको बजारमा माग रहेको खगेन्द्र खुशी बताउ“छिन् ।

पहिलो पटक सयपत्री फूलको खेती गरेकाले प्राविधिक समस्या भएको उनीहरुको भनाइ छ । फूल एकै पटक फुल्ने तर ती सबै सोही समयमा बजारमा पठाउन असम्भव रहेकाले भण्डारण गर्ने ठाउ“को अभाव छ ।

तिहार र छठ पर्व नजिकि“दै गर्दा का“कडभिट्टा नाकाबाट फूल भित्रिने क्रम बढ्दो छ । अहिलेसम्म २० मेट्रिक टन फूल नेपाल भित्रिएको मेची भन्सार कार्यालय का“कडभिट्टाका कर्मचारी किरण अर्यालले जानकारी दिए । नेपालमै उत्पादन भएको फूलले बजार नपाइरहेका बेला यति धेरै मात्रामा विदेशबाट भित्रिनुले किसानले बजार पहिचान गर्न नसक्नु नै हो । त्यसैले सम्बन्धित निकायले किसानलाई बजार पहिचानका लागि सहयोग गरे किसानलाई प्रोत्साहन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu