ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीतन्त्रले ऐतिहासिक परिवर्तन आत्मसात् गर्न सकेन : अध्यक्ष प्रचण्ड


admin
१८ कार्तिक २०७५, आइतबार   ११ : २२   बजे

काठमाडौं,१८ कात्तिक ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले कर्मचारीतन्त्रले ऐतिहासिक परिवर्तनलाई आत्मसात् गर्न नसकेका कारण नागरिकले महसुस हुने गरी सरकारको काम नदेखिएको बताउनुभएको छ ।

पार्टीको रुपन्देही जिल्ला समितिले शनिबार बुटवलमा दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान – प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एतिहासिक परिवर्तलाई कर्मचारीतन्त्रले आत्मसात् गर्न नसकेकाले सरकारले तीव्र गतिमा काम गर्न नसकेको बतानुभएको छ । उहाले संघीयताको मर्म र महत्व कर्मचारीतन्त्रलाई बुझाइने र बुझ्न नचाहनेलाई निष्कासन गरेर भए पनि संघीयता कार्यान्वयन गरिने जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आगामी ५ वर्षमा विकासका पूर्वाधार तयार हुने र १० वर्षमा नेपाललाई एसियाली मापदण्डका देशहरुभन्दा माथि पु¥याउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको दावी गर्नुभयो ।

नेपालमा आएको परिवर्तन प्रतिक्रीयावादीको दयाबाट प्राप्त नभएको बताउंदै उहाले हजारौं जनताको बलिदानीबाट परिवर्तन आएकाले यसलाई असफल पार्ने सपना नदेख्न चेतावनी दिनुभयो ।

नेकपाका महासचिव बिष्णु पौडेलले नेकपा एमाले र माओवादी केन्द्रकाबीच भएको एकता एकताका लागि मात्र नभएर मुलुकमा रहेको सम्पूर्ण विभेदहरुको अन्त्यका लागि भएको जिकिर गर्नुभउो । उहा“ले एकता सम्पन्न भयो भने नेतृत्व चुप लागेर नबसेको उल्लेख गर्दै समाजबादी गन्तब्य पूरा गर्न पार्टी नेताहरु क्रियाशिल रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ५का मुख्य मन्त्री शंकर पोखरेल, स्थायी समिती सदस्य चन्द्रप्रकाश खनाल र टोपबहादुर रायमाझी, ५ नम्बर प्रदेश कमिटीका अध्यक्ष ओनसरि घर्ती लगायतले पार्टी एकीकरणलाई छिटो भन्दा छिटो तल्लो किायसम्म पु¥याउन आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group