ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन : आइजीपी खनाल


admin
१९ कार्तिक २०७५, सोमबार   १ : १३   बजे

मुस्ताङ, १९ कात्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय(प्रहरी साझेदारी कार्यक्रममार्फत् सबै तहका नागरिक समुदायसँग सहकार्य गरी विकासका गतिविधिलाई सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । नवनिर्मित कार्यालय भवनको उदघाटन पश्चात प्रहरी महानिरीक्षक खनालले कार्यालय भवनको निरीक्षण समेत गर्नुभएको थियो ।

समुदाय(प्रहरी साझेदारी अन्तर्गतको सहकार्यमा सुरक्षा लगायतका विभिन्न जनचेतनामूलक कार्यहरु मार्फत् शान्तिसुरक्षा कायम गरी सुरक्षित समाजको निर्माण गरी विकासका गतिविधिमा समेत सहयोग गर्ने नेपाल प्रहरीको उद्देश्यलाई सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको प्रहरी महानिरीक्षक खनालले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक खनालले मुस्ताङमा पर्यटकीय स्थलहरु एवम् यातायातको विकास र विस्तारसँगै हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई संवेदनशील र गम्भीरतापूर्वक मनन गरी आगामी दिनमा रणनीतिक योजना बनाई काम गरिने बताउनुभयो । सुरक्षा सचेतना, अपराध नियन्त्रण र शान्तिपूर्ण समाज निर्माणका लागि निर्दिष्ट यस योजनामा अन्य सुरक्षा निकाय एवम् सरोकारवाला पक्षबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आचरण विपरितका कार्यमा प्रहरी संगठन शुन्य सहनशीलताको नीति अवलम्बन गरेकोले सोही अनुरुप प्रहरी कर्मचारीहरुले काम गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘प्रहरी राम्रो मात्रै काम गर्नका लागि हो, नराम्रो गर्ने छुट कसैलाई छैन ।’

समाजमा हुने खराब क्रियाकलाप, गुण्डागर्दी लगायतका गलत कामका विरुद्ध प्रहरी कठोर रुपमा प्रस्तुत भई कार्य गर्ने उहाँले उल्लेख गर्नुभयो ।

४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङल्याम्हो गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रहरी निरीक्षक ई। चतुर्भुज बोहराले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण भएको २२ कोठाको उक्त कार्यालय भवन २ करोड २४ लाख ४७ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यक्रममा जिल्ला न्यायाधीश, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमिला खनाल, स्थानीय तहका पदाधिकारीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, प्रहरी अधिकृत तथा जवानहरु, सामुदायीक केन्द्रका पदाधिकारी, स्थानीय संचारकर्मी लगायत स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu