ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयातित फुल प्रयोग नगर्ने तिलोत्तमा नगरपालिकाकाे घोषणा


एबीसी न्यूज
२० कार्तिक २०७५, मंगलबार   ७ : ४८   बजे

काठमाडाैं, २० कातिक । निर्वाचनका बेला सिंहदरबारको अधिकार गांउघर सम्म आउने भनिएपनि निर्वाचन पछि सिंह आएको अधिकार आउन नसकेको भन्दै स्थानीय तहको आलोचना भै रहेका बेला रुपन्देहीका दुई नगरपालिकाले भने जनताले अनुभुत गर्ने गरि सिंहदरबारको ढांचा स्थानीय तहमा कोरेका छन् ।

निर्वाचित भए लगत्तै पारिश्रमिक नलिने, नगरलाई प्लास्टिक मुक्त बनाउने र ग्रीन तिलोत्तमा क्लीन तिलोत्तमाको नारा दिन सफल तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमीरेले तिहारको मुख्खैमा आएर तिलोत्तमामा आयातीत फुल प्रतिबन्ध लगाउने घोषणा गरेकाछन् । स्थानीयबासीले लगाएको फुलहरु नै चाडपर्व मान्न पुग्ने निश्कर्ष सहित तिलोत्तमा नगर भित्र आयातित फुल प्रयोग नगर्ने नगरपालिकाले घोषणा गरेको छ । नगरपालिका कै अनुदानमा तिलोत्तमाको मधौलीयामा करिव १ बिगाहा जमीनमा फुलको खेती समेत सूरु भएको छ । सामाजीक अभियन्ता देबी वाग्लेको नेतृत्वमा ८ जना महिलाहरु मिलेर लगाएको सयपत्री फुलले तिहारलाई मात्र होईन बेटवल र यस पेरिफेरीमा हुने कार्यक्रमहरुमा समेत ब्यवसायीक रुपमा माला बिक्रिी गर्न थालिएको छ ।

फुलको ब्यवसाय गर्ने मनसायलाई परिस्कृत गर्दै पुष्प खेती नै गर्न थालेको महिला समुहकी अगुवा देबी वाग्लेको भनाई छ । बाईट
पुष्प खेति सुरु गरेपनि त्यसलाई सफल बनाउन भने कम चुनौती पूर्ण छैन । प्राबिधीक ज्ञान र अनुभवको कमीका कारण पटक पटक समस्या आउने गरेको वाग्लेको अनुभव छ ।

सुरुमा दुधजन्य पदार्थमा आत्म निर्भर बनेको तिलोत्तमा अव पुष्प ब्यवसायमा पनि आत्मनिर्भरताको बाटोमा अगाडी बढाउन लागिएको नगरका नगर प्रमुख बासुदेव घिमीरे बताउंछन् ।

रुपन्देहीकै अर्को नगरपालिका देवदह नगरपालिकाले पनि एउटा छुट्टै निर्णय गरेर यत्रिबेला चर्चाको शिखरमा पुगेको छ । परम्परागत कला संस्कृति र सम्पदालाई संरक्षण गर्ने भन्दै यसवर्ष देखि तिहारको देउसि भैलोमा रेकर्डेट गित संगितमा देउसि भैलो खेल्न नपाउने निर्णय गर्दै देवदह चर्चामा आएको हो । पछिल्लो समय बिदेशी तथा स्वदेसी रक, आधुनिक र अस्लील हर्कत समेत समावेश भएका गित संगितमा ठुला ठुला आवाजका साथ साउण्ड बक्स बजाउंदै देउसी भैलो खेल्ने चलन बढेका बेला नगर पालिकाको यस्तो निर्णयले संस्कृति जोगाउने कार्यमा भुमिका खेल्ने स्थानीयबासीको भनाई छ ।

सर्बत्र स्थानीय तहको आलोचना भै रहेका बेला रुपन्देहीका २ नगरपालिकाले गरेको निर्णय भोलिका दिनमा कसरी कार्यान्वयन होला त्यो त हेर्न बांकी छ । तर तिब्र गतिमा फुल र संस्कृतिमा पराधिन बन्दै गएको नेपाली समाजलाई यो निर्णयले केहि सन्देश भने अवश्य दिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group