ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा फेरि अर्को हत्याकाण्ड मच्चाउने योजना : सवै हत्याकाण्डमा मायाका हतियार प्रयोग


एबीसी न्यूज
२० कार्तिक २०७५, मंगलबार   ८ : ४९   बजे

काठमाडौं, २० कातिक । २०७२ मंसिर ३ मा गुन्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा मृत्यु हुनुअगाडिसम्म समिरमान सिंह बस्नेत काठमाडौंको बाफल क्षेत्रमा टोले गुन्डा थिए ।
घैंटेकै संरक्षकत्वमा गुन्डागर्दी फैलाएका बस्नेत घैंटेको इन्काउन्टरपछि आफ्नो पनि हत्या हुनसक्ने भन्दै भारत हिँडेका उनले त्यहिँबाट ३ मुख्य घटना घटाए ।
१. ४ पुस २०७३ मा रुपेन्देहीको देवदेहमा तत्कालीन नेकपा एमाले निटक युवा संघका जिल्ला अध्यक्षको गोली हानी हत्या गर्ने योजना समिरकै थियो ।

नेकपा एमालेकै युवा संगठनमा रहेका गुन्डा नाइके मनोज पुनको विश्वास जित्न उनले दूर्गा तिवारीको हत्या गर्ने योजना बनाएका थिए । मनोजसँग मिलेर ठूला व्यवसायीको हत्या गर्ने योजना बनाए ।

२. दूर्गाको हत्या भएको १८ दिनपछि २१ पुस २०७३ मा बुटवलमा काठ व्यवसायी वसन्त पौडेल (बलु)को हत्या भयो । बलु हत्याको मुख्य योजनाकार भने मनोज पुन थिए ।
३ दावालामा लाई मार्ने योजनाका साथ २९ चैत २०७३ मा उनीमाथि गोली प्रहार । गोली लागेर घाइते भएपनि दावा उक्त घटनामा बच्न सफल भए ।

४ . तत्कालीन उच्च प्रहरी अधिकारीसँग राम्रै सम्पर्क रहेका समिरकै योजनामा २३ असोज २०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको गोली हानी हत्या भएको थियो ।

रुपेन्देहीका दूर्गा तिवारी, वसन्त पौडेल तथा शरद गौचतको हत्यामा प्रयोग भएका हतियारको व्यवस्थापन भने समिरकी पत्नी माया शेरचनले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार दावा लामामाथि आक्रमण हुँदा प्रयोग भएको हतियार पनि मायाले नै

गौचन हत्याका अभियुक्त समिर काठमाडौं जिल्ला अदालतको आदेशमा मुद्दाको पुर्पक्षका लागि नख्खु कारागार चलान भएका थिए । उनको अपराधिक गतिविधि जेलमा रहदा पनि रोकिएन । उनले विभिन्न व्यवसायीसँग पैसा उठाउनेदेखि आफ्ना समूहका व्यक्तिसँगको सम्पर्कलाई निरन्तरता दिए । जसमा उनको सहयोगीको भुमिकामा थिईन श्रीमती माया ।

नख्खु कारागारबाटै समिरले अपराधिक गतिविधि गर्न थालेपछि प्रहरीले उनलाई जिल्ला कारागार मुस्ताङमा सरुवा गर्न थाल्यो । कारागार व्यवस्थापन विभागको अनुमतिमा मुस्ताङ कारागार लैजाँदै गर्दा समिरकी पत्नी मायाले भने काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्ना श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाइन् ।
प्रहरीले भने दोस्रो हत्या योजनालाई कार्यान्वयनमा ल्याउन समिरले श्रीमतीलाई प्रयोग गरेको तथ्य फेला परेको बताएको छ ।

जसका आधारमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्याङबाट आईतबार पक्राउ गरेको हो।

श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।

तीन वटा गोली काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

गौचनको हत्यामा संलग्न ‘मुख्य सुटर’सहित गत साता पक्राउ परेका ३ जनाले अदालतमा दिएको बयानमा आफूहरुले प्रयोग गरेका सबै हतियार समिरकी पत्नी मायाले व्यवस्थापन गरेको बताएका थिए ।

प्रहरीका अनुसार मायाले समिर संलग्न रहेका अपराधिक घटनामा हतियार व्यवस्थापन गर्नेदेखि अभियुक्तहरुलाई भगाउन भूमिका खेलेको देखिएको छ ।

‘रुपन्देहीको देवदहमा दूर्गा तिवारीदेखि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा प्रयोग भएको हतियार मायाले नै व्यवस्थापन गरेको देखिएको छ,’ अपराध महाशाखा प्रमुख एसएसपी धिरज सिंहले भने, ‘अभियुक्तहरुलाई पैसा दिनेदेखि भगाउन सहयोग गर्नेमा पनि उनको संलगनता देखिन्छ ।’

एसएसपी सिंहका अनुसार समिरमान जेलमा रहेको बेलामा समेत मायाले विभिन्न अपराधिक कार्यमा संलग्न व्यक्तिसँगको सम्पर्कलाई नियमित गरेकी थिइन् । ‘जेलमा गएर समिरलाई भेट्ने र उनको कुरा उनका समूहका व्यक्तिसम्म पुर्याउने काममा पनि मायाको संलग्नता देखिन्छ,’ एसएसपी सिंह भन्छन् ।

प्रहरी अधिकारीका अनुसार मायाले समीरसँग जेलमै भेटेर काठमाडौंमा फेरि अर्को हत्याकाण्ड मच्चाउने योजना समेत बनाइरहेकी थिइन् । अघिल्लो साता पक्राउ परेका तीनजना र अन्य केही व्यक्तिलाई प्रयोग गरेर समिरको योजनाअनुसार मायाले अर्का व्यक्तिको गोली हानी हत्या गर्ने तयारी गरिरहेको प्रहरीले स्रोतले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu