ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८० करोड खर्चेर धाम निर्माण गरिने


एबीसी न्यूज
२३ कार्तिक २०७५, शुक्रबार   ७ : ४८   बजे

चितवन, २३ कात्तिक । भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ ।

भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्मिक वन २.४३ हेक्टर छ भने नवजगृति सामुदायिक वन र जलदेवी सामुदायिक वन क्षेत्रसँग सहकार्य गरी थप ३० हेक्टर क्षेत्रफलमा यो धाम विस्तार गरिने योजना अघि बढाइएको छ ।

यस क्षेत्रका प्रदेश सांसद विजय सुवेदीले नमूना क्षेत्रका रूपमा गणेशस्थानलाई विकास गरिने बताउनुभयो । निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्न लागिएको उहाँको भनाइ थियो । प्रदेश सरकारले यस आर्थिक वर्षमा रु ८० लाख विनियोजन गरिसकेको छ । स्थानीय निकाय, प्रदेश सरकार, जनसहभागिता र निजी क्षेत्रको सहयोगमा गणेशस्थानलाई धामको रूपमा विकास गरिने र सो कार्यका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माणको काम शुरु गरिएको सांसद सुवेदीले बताउनुभयो ।

। साना–साना योजनाबाट मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको र यसका करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ ।

विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् ।

गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेका अनुसार करीब ३० फिट अग्लो गणेशको मूर्ति बनाइने छ । ठूलो तलाउमा जलविनायक गणेशसँगै नजिकै डाँडोमा कैलाश पर्वतको स्वरूप रहेको स्थानमा शिव, पार्वती, कुमार र गणेशको आकर्षक मूर्ति निर्माण गरिने छ । मूर्तिसहितको तस्वीर लिन सकिने गरी गुरुयोजना निर्माण गरिँदैछ ।

दौडिन र साइकल चलाउन सकिने गरी तलाउको वरिपरि पाँच किलोमिटरको प्याराफिट बनाइने र त्यसमा आकर्षक खालका झोलुङ्गे पुलबाट दृश्यावलोकन गर्न सकिने व्यवस्था गरिँदैछ । तलाउको छेउमा हात्ती, जरायोजस्ता जनावरका झुण्डका मूर्तिहरु पनि निर्माण गरिने छ । तलाउमा डुङ्गा सयरको व्यवस्था गरिने छ । यसअघि विसं २०६४ यता सो क्षेत्रमा रु ८० लाख खर्चेर दुई सभाहल, शौचालय, मठमन्दिर जीर्णाेद्वार गरिएको अध्यक्ष चुकेले बताउनुभयो ।

सो क्षेत्रमा हाल गणेश, कमलेश्वर, सन्तोषीमाता, पशुपति, मनकामना, चन्द्रेश्वरी, सरस्वती र विश्वकर्माका मन्दिर छन् । गणेशधाम चितवनको अर्को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने र धामलाई चितवन र नवलपरासीका विभिन्न धार्मिक पर्यटकीयस्थलसँग जोडेर एकीकृत विकास गर्ने समेत योजना रहेको उहाँको भनाइ थियो ।

गणेशस्थान भरतपुर महानगरपालिकाको सबैभन्दा पुरानो ऐतिहासिक तथा धार्मिकस्थल हो । पौराणिककालमा पाल्पा राज्यका प्रतापी राजा मणिमुकुन्द सेनको राज्यकालमा बनेको ऐतिहासिक इनारसमेत यस स्थानमा रहेकाले तत्कालीन अवस्थादेखि नै धार्मिक थलोको रूपमा गणेशस्थान स्थापित भएको स्थानीयवासीले बताए ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले गणेशस्थान क्षेत्रलाई देवघाटपछिको दोस्रो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागिएको बताउनुभयो । मुख्य शहरी क्षेत्रको कोलाहाल छलेर उक्त ठाउँमा पुगेपछि छुट्टै शान्तिको अनुभूति हुने गरी विकास गरिने उहाँको भनाइ थियो । गणेशस्थान क्षेत्र नारायणगढ र भरतपुरको निकट छ । गणेशस्थान नजिकै बागेश्वरी र देवघाट क्षेत्रसमेत छ ।

उक्त समितिका अध्यक्ष चुकेले गणेशस्थानलाई धामको रुपमा विकास गर्न महायज्ञ गरी गरी सर्वसाधारणबाट सहयोग जुटाउन लागिएको बताउनुभयो । महायज्ञबाट रु २० करोड हाराहारी सङ्कलन हुने अपेक्षा गरिएको छ । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group