ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे समेत तयार गर्याे


एबीसी न्यूज
२४ कार्तिक २०७५, शनिबार   ९ : ०१   बजे

बेइजिङ, २४ कार्तिक  । एकपछि अर्को चमत्कार गरिरहेको चीनले अब समाचार पढ्ने कृत्रिम मान्छे तयार गरेको छ । चीनले पहिलो कृत्रिम समाचार बाचक तयार पारेको छ। इन्टेलिजेन्स (एआर्इ) मा आधारित समाचार बाचक चीनले शुक्रबार सार्वजनिक गरेको हो ।

चीनको समाचार एजेन्सी सिन्व्हाले यसका लागि चीनको सर्च इन्जिन कम्पनी सोगसँग साझेदारी गरेको छ । यो एआर्इ समाचार एंकरले समाचार पढ्न सक्छ भने यसको आवाज पनि मानिसको जस्तै छ । यो विश्वकै पहिलो भर्चुअल समाचार बाचक हुनेछ । रिपोर्ट अनुसार यो समाचार बाचकले पत्रकारलार्इ दैनिक दिइने पैसाको पनि बचत गर्नेछ । किनकि यसले लगातार २४ घण्टासम्म काम गर्न सक्छ ।

अझ अर्को रोचक कुरा त के छ भने यस भर्चुअल समाचार बाचकले ब्रेकिङ्ग समाचार पढ्ने क्षमता पनि राख्छ । आर्टिफिसियल इन्टेलिजेन्सलार्इ प्रयोग गरेर चीनले तस्बिर र मानिसको आवाज मिसाइ यसमा दुरूस्तै मानिसले अनुहारमा देखाउने भाव पनि राखिएको छ।

यस भर्चुअल समाचार बाचकको ओठको चालका लागि मेसिन लर्निङ्ग प्रोग्राम प्रयोग गरिएको छ। तर तपार्इँले केही ध्यान दिएर हेर्नु भयो भने ओठको चालक केही नक्कली लाग्न सक्छ । यो भर्चुअल समाचार बाचकले अंग्रेजी म्यान्डेरिन भाषामा समाचार पढ्न सक्छ । सिन्व्हा समाचार एजेन्सी इन्टरनेट र मोबाइल प्लेटफर्ममा रहेको छ । जसमा दुर्इ भाषामा यो एंकरले टीभी र वेब पेजका लागि काम गर्नेछ ।

समाचार एजेन्सीले एआर्इमा आधारित समाचार बाचाकलार्इ विशेष गरी ब्रेकिङ समाचारका लागि प्रयोग गरिने जनाएको छ । तपार्इँले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यो कुनै रोबोट होइन यसलार्इ तपार्इँले भर्चुअल समाचार वाचक भन्न सक्नुहुन्छ ।

बीबीसीको एक रिपोर्ट अनुसार यूनिभर्सिटी अफ अक्सफोर्डका माइकल भुलरिजले यो समाचार बाचकले मान्छे जस्तै देखिन खोजे पनि वास्तवमा त्यस्तो नहुने बताए । उनले बीबीसीलार्इ बताए अनुसार यस्तो समाचार बाचक केही मिनेट भन्दा धेरै देख्न सकिन्न किनकि यो धेरै सपाट छ यसमा कुनै विविधता पनि छैन ।

सिन्व्हा समाचार एजेन्सीले भनेको छ, ‘यो ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स सिन्थेसिसमा क्रान्ति नै हो । ’वास्तविक समाचार बाचकको अनुहारको भाव, ओठको हाउभाउका लागि ‘मेसिन लर्निङ’ को प्रयोग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu