ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखकाे दुल्लूमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा दुर्इजना प्रहरी घाइते


एबीसी न्यूज
२४ कार्तिक २०७५, शनिबार   १२ : १६   बजे
साँकेतिक फाेटाे
साँकेतिक फाेटाे

दैलेख, २४ कातिक ।  दैलेखकाे दुल्लूमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा दुर्इजना प्रहरी घाइते भएका छन् । ढुंगा लागेर इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन खड्कालाई टाउकोमा गम्भीर चोट लागेको छ ।

प्रहरी निरीक्षक बिष्टको टाउकोमा ४ वटा टाँका लगाइएको छ । प्रहरी सहायक निरीक्षक खड्काको चाहिँ ढाड र घाँटीमा भित्री चोट लागेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रहरी र स्थानीयबीच दोहोरो झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

बाटो नै अवरुद्ध गरी जुवा खेलिरहेको खबर पाएको आधारमा घटनास्थलमा पुग्दा दुल्लू नगरपालिका–७ का वडासदस्य सूर्यबहादुर थापाले युवाहरुलाई उक्साएर आक्रमण गरेकोे प्रहरीले आरोप लगाएको छ । ‘जनप्रतिनिधिले विकृति रोक्नुपर्नेमा उहाँले उक्साउनुभयो’, प्रहरी कर्मचारीले टिप्पणी गर्नुभयो ।

‘कौडा नियन्त्रण गर्न आएको प्रहरी टोलीले अपराधी पक्राउ गरेजसरी आक्रमक शैलीमा धरपकड गर्न थालेपछि मलाई नै पक्राउ गर्नुस् भनेर प्रतिवाद गरिरहेको बेला कौडा खेल्न र हेर्न आएका युवाहरुले ढुंगा प्रहार गरेछन्’, वडासदस्य थापाले बताए ।

घटनाबारे बुझ्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटा र प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोली बिहान त्यहाँ पुगेको छ । दुल्लू नगरपालिका नगरप्रमुख घनश्याम भण्डारीले घटनामा प्रहरी र स्थानीय समेत घाइते भएकोले छलफलबाट समस्या समाधान खोज्ने प्रयत्न भएको बताउनुभयो ।

घटनालार्इ नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेकाे थियाे । प्रहरीकाे लाठी चार्जबाट स्थानीयवासी ६१ वर्षका डिलबहादुर थापाकाे तिग्रामा चाेट लागेकाे थियाे । उपचारपछि उनी घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

बाढीको क्षतिबीच विद्युत् आपूर्ति नियमित, प्रणाली सन्तुलनमा राख्न सफल भयौँ : ऊर्जामन्त्री श्रेष्ठ

सम्बन्धित

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

नुवाकोट तहसनहस : बस्ती, बजार र पूर्वाधार ध्वस्त, १५ सय परिवार विस्थापित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu