ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वाेच्चको आदेशको बेवास्ता गदै महानगरपालिका , कुरूप बन्दै संघिय राजधानी


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ११ : ३१   बजे

काठमाडाै, २७ कातिक ।  सर्वोच्चले महानगरभित्र होर्डिङ बोर्ड, भित्ते लेखन, पोष्टर, पम्प्लेटलगायतका सामग्री राख्न नदिने र राखेको भए हटाउन आदेश दिए पनि काठमाडौं महानगरपालिकाले अदालतको आदेश बेवास्ता गर्दै काठमाडौंका मुख्य स्थानहरुमा होर्डिङ बोर्ड राख्ने क्रम रोकिएको छैन ।

काठमाडौको अधिकांस स्थान विज्ञापन र होडीङर्बोडले कुरुप बनेका छन् । सडक छेउको भित्ता होस् या आकासे पुल व्यवसायिक विज्ञापनले जताततै भरिएकै छ । २०७२ भदौ १६ गते तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगरभित्र होडिङ बोर्ड राख्न नदिने र राखेका भए हटाउन आदेश दिएको थियो । जथाभावी बिज्ञापन वोर्ड राख्दा महानगरनै कुरुप देखीएको र सडकका छेउमा रहेका यस्ता होडीङ् वोर्डले सडक दुर्घटना बढेको भन्दै सर्वोच्चले यस्तो आदेश दिएको थियो । तर महानगरपालिकाले भने बर्षै बितीसक्दापनी सर्बोच्चको आदेशको बेवास्ता गदै आएको छ ।

शहरलाई कुरुप बन्न नदिन काठमाडौं महानगरपालिकाले होडिङ बोर्डसम्बन्धी मापदण्ड पनि बनाएको छ । तर मापदण्ड अनुरुप पर्चा प्यम्प्लेट टास्न नपाउने छ तर महानगरलाई कर तिरेर डिजिटल होर्डिङ बोर्डभने राख्न पाउने प्रावधान छ । तर महानगर आफैले बनाएको मापदण्ड अनुरुप चल्न नसकेको अहिले देख्न सकिन्छ । सौन्दर्य प्रचारसाधनदेखि संचार उपकरण सम्मका विभिन्न सामानको प्रचार गर्ने बिभीन्न स्टिकरहरु छ्यास्छ्यास्ती देखीन्छन् काठमाडौका भित्ताहरुमा ।

सर्वोच्ले होडिङबोर्ड हटाउन आदेस दिएको भएपनि महानगरले कर तिरेर डिजिटल होर्डीङबोर्ड र स्टिकर टास्न भने दिइरहेको छ । होडिङबोर्ड राख्दा हुरीलाग्दा उडाउने समस्याले होडीङवोर्ड हटाउनुपरेको हो तर स्टीकर टास्दा यस्तो समस्या नहुने भएकाले महानगरले यसमा रोक नलगाएको काठमाडौ महानगरका प्रवक्ता ज्ञानेन्द« कार्कीको भनाइ छ ।

सर्वेच्च्को आदेश बमेजिम घरको छतमा हेर्डिङबोर्ड हटइएको र खुलारुपमा पर्चा र पम्प्लेट टास्न मनाही गरेको कार्कीले बताए । सडकमा पर्चा एबम् प्याम्प्लेट टास्न रोक लगाएपछी भने आफुहरुको अनुगमनमा भेटिएका जथाभावी पर्चा एबम् प्याम्प्लेट टास्ने कम्पनीहरुलाइ कारवाही गरेको उनको तर्क छ ।

महानगरले आफैले बनाएको नियम लागु गर्न नसक्दा काठमाडौं कुरुप जस्तै देखिएको छ । महानगरपालिकाले विज्ञापनका रुपमा सडक, पोलसहित सार्वजनिक स्थानमा होडिङ बोर्ड, पर्चा, पम्प्लेट, ब्यानर टास्न नपाइने नियम बनाएको त छ । तर, त्यसको कार्यनवयन हुन नसक्दा भने शहर कुरुप मात्रै बनेको छैन यसेको स्वरुप नै परिवर्तन भएको छ । तसर्थ महानगरले नियममात्र बनाउने होइन कार्यान्वयनमा पनि ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group