ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलार्इ हराउँदै नेपाल यू-१८ साफ च्याम्पियन


admin
१२ आश्विन २०७४, बिहिबार   १० : २८   बजे

काठमाडौं, १२ असोज ।  भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।

भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै  गोल हुन सकेन र नेपालले २–० ले खेल जित्यो । यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबावमा थियो ।

गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–०  ले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।

बुधबार नै भएको अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो । नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुस–युक्रेन युद्धमा बढ्दो हवाई आक्रमण, ड्रोन र क्षेप्यास्त्रबाट बढ्यो तनाव

गृहमन्त्री गुरुङद्वारा बूढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय निरीक्षण

सम्बन्धित

इन्दु वर्मा क्यानडा सुपर–६० खेल्ने पहिलो नेपाली महिला क्रिकेटर बन्ने

म्यानचेस्टर सिटीलाई ३–० ले हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्ड

पुराना दलको क्षयीकरण र नयाँ राजनीतिक शक्तिको चुनौती

रसिला महर्जनले गरिन् पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

आर्सनलको धमाकेदार सुरुवात, सिटी ३–० ले ध्वस्त

नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu