काठमाण्डौं, १९ असोज । सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि अर्जेन्टिना, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन् ।
तीन दक्षिण अमेरिकी देश अर्जेन्टिना, उरुग्वे र पाराग्वेका राष्ट्रपतिले विश्वकप फुटबल २०३० संयुक्त रुपमा आयोजनका लागि विश्व फुटबलको प्रशासकीय निकायमा दाबेदारी पेश गर्ने घोषणा गरेका हुन् । अर्जेन्टिना राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट तीन देशले दाबेदारी प्रस्तुत गर्ने घोषणा गरेका हुन् । सन् २०३० को विश्वकप आयोजनका लागि फिफाले कम्तिमा अझै चार महिना दाबेदारी खुल्ला गर्दैन । तर विभिन्न देशले त्यसका लागि तयारी भने सुरु गरिसकेका छन् ।
सन् २०३० मा विश्वकप फुटवल सुरु भएको सय बर्ष पुग्ने भएकाले सन् २०३० को विश्वकप फुटवल ऐतिहासिक मानिएको छ । सन् १९३० मा उरुग्वेमा भएको विश्वकप फुटबल पहिलो विश्वकप थियो । सन् २०२६ को विश्वकप फुटबलको आयोजनाको जिम्मा अमेरिका, मेक्सिको र क्यानडालसंयुक्त रुपमा पाउने सम्भावना छ । सन् २०२६ को विश्वकपदेखि ३२ टिमको सट्टा कुल ४८ टिमले प्रतिस्पर्धा गर्ने सम्भावना छ । सन् २०१८ को विश्वकप रुपमा तथा २०२२ को कतारमा हुने पक्का भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्