ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली प्रतिनिधिमण्डलबाट बेइजिङको श्वेत चैत्यको अवलोकन (फोटोफिचर )


एबीसी न्यूज
१५ बैशाख २०७६, आइतबार   ३ : २९   बजे
This image has an empty alt attribute; its file name is 58793294_326112494718005_4675075135806373888_n.png

काठमाडौं, १५ वैशाख । चीनको राजधानी बेइजिङको केन्द्रभागमा एउटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा छ जहाँ नेपाली बाहेक सबैले बीस चिनियाँ युआन अर्थात् तीन सय रुपैयाँभन्दा बढीको टिकट काटेर प्रवेश गर्नुपर्छ ।

तपाईलाई आश्र्यलाग्छ होला नेपालीले चीनको त्यस्तो महत्वपूर्ण स्थानमा निशुल्क प्रवेशको व्यवस्था छ भनेर । त्यस क्षेत्रमा पुग्ने हरेक नेपालीको छाती गर्वले चौडा हुन्छ र शिर गौरवले उच्च हुन्छ। नेपाली पुर्खाको कौशल र नेपाल चीन मैत्रीको ऐतिहासिक धरोहरका रुपमा बेइजिङको केन्द्रमा विगत साढे सात सय वर्षदेखि श्वेत चैत्य उभिरहेको छ। आजै यसै स्थानको भ्रमणमा गर्नु भएको छ चीनको राजकिय भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली प्रतिनिधिमण्डल ।

एकजना नेपाली शिल्पीको सिर्जना भएकै कारणले आज चीन सरकारले नेपालीलाई मात्र त्यति महत्व दिँदै उच्च सम्मान गरेको हो। किनभने श्वेत चैत्यको निर्माता प्रख्यात नेपाली कलाकार अरनिको थिए। अरनिकोको नेपाली नाम बलबाहू हो। किशोरावस्थामै चीनमा आएका उनलाई महिलाजस्तै देखेर चिनियाँहरुले आनिक भनेर बोलाउँदा बोलाउँदै उनको नाम अरनिको भएको हो। अहिले पनि चिनियाँहरु आनिक नै भन्छन्।

श्वेत चैत्यको अगाडि नेपाली संस्था अरनिको समाजले दुई दसक अगाडि अरनिकोको सालिक स्थापना गरेको छ। अरनिको समाज चीनमा अध्ययन गरेर फर्केका नेपालीहरुको संस्था हो। समाजले यो सालिक नेपालमा बनाएर चीनमा ल्याएको हो।

अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन बंशको शासन रहेको थियो। पछि यसलाई मिङ वंशमा पुननिर्माण गरियो र मिआवोयिङ मन्दिर नामकरण गरियो।

मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नु हुन्छ। त्यसकारण चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा अद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्छन्। चैत्यको अगाडि दुईवटा बौद्ध मन्दिरहरु रहेका छन् जसमा विभिन्न मुद्रामा शाक्यमुनि बुद्धका मूर्तिहरु राखिएका छन्। चिनियाँ बौद्धधर्मावलम्बीहरुका लागि यो बेइजिङको एउटा ख्यातिप्राप्त मन्दिर हो।

नेपालको बौद्ध तथा स्वयंभूसँग मिल्दोजुल्दो यो श्वेत चैत्य चीनमा सबैभन्दा अग्लो तथा ठूलो मानिन्छ। अरनिकोले बनाएका कयौँ सम्पदाहरु भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट नासिए पनि केही चैत्यहरु चीनले संरक्षण गरेर राखेको छ। बेइजिङ बाहेक वल्लो शान्षी प्रान्तको वु थाइसानमा पनि अरनिकोले बनाएको श्वेत चैत्य संरक्षित छ।



प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group