ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेइजिङमा राष्ट्रपति भण्डारी–सीबीच भेट, चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो


एबीसी न्यूज
१६ बैशाख २०७६, सोमबार   ६ : ३२   बजे

बेइजिङ, १६ वैशाख । राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता भएको छ ।

बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुने क्रममा केही दिनयता राष्ट्रपति भण्डारी र सीबीच अनौपचारिक भेटघाट भएका थिए । सोमबार भने दुई देशका राष्ट्र प्रमुखबीच चीनको सरकारी मुख्यालय ग्रेट हलमा औपचारिक भेटवार्ता भएको हो ।

भेटवार्तामा चिनिया राष्ट्रपति सि जिङपिङले नेपालको सम्बन्धलाई उच्च महत्व दिएको बताउनुभएको थियो राष्ट्रपति सी ले नेपाललाई समृद्धि तफ अघि बढ्न सहयोग गर्ने बताउनु भएको थियो । राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, सामाजिक व्यवस्थाप्रति सधैं सम्मान व्यक्त गर्दै नेपालको नेपालको विकास र समृद्धिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको थियो । भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रद्धिवद्ध रहेको दोहो¥उनुभएको थियो । राष्ट्रपति भण्डारीले समकक्षी सीलाई नेपाल भ्रमणका लागि औपचारिक रुपमा आग्रह समेत गर्नुभएको छ ।

दुई राष्ट्रपतिबीचको भेटवार्ता पछि दुवै मुलुकका प्रतिनिधिमण्डल सहभागी छलफल भएको थियो । छलफलपछि दुवै राष्ट्रपतिको उपस्थितिमा व्यापार तथा पारवहन प्रोटोकलसहित चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली निकाय पाँच सदस्यीय स्थायी समितिका सदस्य तथा अनुशासन आयोगका प्रमुख झाओ लेजीले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजना गरेको दिवाभोजका क्रममा भण्डारी–सीबीच भेटवार्ता भएको हो। बीआरआई सम्मेलन समापनपछि राष्ट्रपति भण्डारीको सम्मानमा झाओले राष्ट्रपति सीसहितको दिवाभोज आयोजना गरेका हुन्। यो उच्च भेटवार्तासँगै राष्ट्रपति भण्डारीको बेइजिङको कार्यक्रम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group