ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण


एबीसी न्यूज
१८ बैशाख २०७६, बुधबार   ७ : ५९   बजे

This image has an empty alt attribute; its file name is SN_Lahasa3.jpg


ल्हासा, १८ वैशाख ।  विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा पुग्दा महावाणज्यदूत गोविन्दबहादुर कार्की तथा निर्माण कम्पनी टिसिआइसीका अधिकारीले स्वागत गर्नुभयो । निरीक्षणका क्रममा मन्त्री ज्ञवालीलाई चीन सरकारको स्वामित्व भएको र नेपाली नियोगले सन् २०७५ सम्मका लागि लिजमा लिएको करीब १३ रोपनी (८३७५ वर्गमिटर) क्षेत्रफलमा बनेको नियोगको कार्यालय र आवास भवन ज्यादै जीर्ण भई पुनःनिर्माण गर्नुपर्ने भएकाले चीनको तिब्बत सरकार, ल्हासा नगरपालिकाको अनुदान सहयोगमा आधुनिक कार्यालय तथा आवास भवन निर्माण गरी नियोगलाई हस्तान्तरण गर्ने सम्झौताअनुसार निर्माण भइरहेको जानकारी दिइयो ।

यस निर्माणकार्यको शिलान्यास सभामुख कृष्णबहादुर महाराले २०७५ भदौ २४ मा गर्नुभएको हो । नयाँ भवन २०७६ भदौमा सम्पन्न हुने अनुमान गरिएको छ । निर्माण अवधिका लागि नियोगको अस्थायी कार्यालय र कर्मचारीको आवास भवन २०७५ भदौ ४ देखि बेइजिङ वेस्ट रोडस्थित तिब्बत होटल परिसरमा सारिएको छ । हालको निमाणकार्य ३९४९ वर्गमिटर क्षेत्रमा भइरहेको छ । यसमा कार्यालय भवन, भिसाहल, आवासीय भवन, ग्यारेज, वाटर पम्पहाउस परेका छन् । यस निर्माणमा दुई करोड ४१ लाख आरएमबी (चिनियाँ मुद्रा) खर्च हुने अनुमान गरिएको छ । यसैगरी मन्त्री ज्ञवाली हाल महावाणिज्य दूतावास अवस्थित बेइजिङ वेस्ट रोडस्थित तिब्बत होटल परिसरमा जानु भई त्यहाँको पनि निरीक्षण गर्नुभयो । उहाँलाई महावाणिज्यदूत कार्कीले तिब्बत स्वायत्त क्षेत्रको भौगोलिक र पर्यटकीय अवस्थाका साथै नेपाली महावाणिज्य दूतावासको परिचय तथा त्यसले गर्ने प्रमुख कार्यका बारेमा जानकारी दिनुभएको थियो । संसारको छानो मानिने तिब्बतको राजधानी ल्हासा समुद्र सतहबाट तीन हजार ६५० मिटर उचाइमा रहेको छ । तिब्बतको क्षेत्रफल १२ लाख २० हजार वर्गकिलोमिटर रहेको छ । तिब्बतको कूल जनसङ्ख्या ३३ लाख रहेको छ र ल्हासाको जनसङ्ख्या छ लाख रहेको छ ।

यहाँको आम्दानीको मुख्य स्रोत पर्यटन हो । ल्हासास्थित नेपाली महावाणिज्य दूतावास नेपालको सबैभन्दा पुरानो नियोगमध्ये एक हो । सन् १६८० मा ल्हासमा नेपालिज न्यु रेसिडेन्सी स्थापना भएको थियो । सन् १८५६ मा यस कार्यालको नाम वकिल कार्यालय भएको र नेपाल–चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएपछि यसको नाम महावाणिज्यदूतावास भएको महावाणिज्यदूत कार्कीले जानकारी दिनुभयो । हाल यस नियोगमा तीन निजामती तथा छ स्थानीय कर्मचारीसहित नौ कर्मचारी रहेका छन् । यस नियोगले नेपाल भ्रमण गर्न चाहने चिनियाँ र अन्य मुलुकका नागरिकलाई भिसा प्रदान गरिरहेको छ र सन् २०१८ मा १३ हजार ५२२ पर्यटकलाई भिसा दिएको बताइएको छ । नियोगले नेपालबाट वैदेशिक रोजगारीमा आउने श्रमिका लागि पनि नेपालको वैदेशिक रोजगार विभागलाई श्रम स्वीकृतिका लागि सिफारिस गरिदिने गरेको छ । तिब्बतमा करीब १५० व्यक्ति वैदेशिक रोजगारीमा आएका छन् । उनीहरु होटल, रेस्टुराँ, सैलुन तथा ब्युटीपार्लर तथा गहना पसलमा काम गर्छन् । यस्तै व्यापार तथा व्यवसायमा लाग्नेको नेपालीको सङ्ख्या ५० रहेको छ ।

केरुङमा अस्थायी पास लिएर काम गर्ने रसुवा जिल्लाका नेपालीको सङ्ख्या एक हजार रहेको र ताक्लाकोट बजारमा करीब ५०० नेपाली अस्थायी पास लिएर काम गरिरहेको बताइएको छ । चीनको तिब्बत सरकारले सामग्री सहयोग कार्यक्रमअन्तर्गत उत्तरी सीमाका १५ जिल्लालाई प्रत्येक वर्ष एक करोड चिनियाँ युआन बराबरको खाद्यान्न, निर्माण उपकरणलगायतका सामग्री प्रदान गर्ने र नियोगले उक्त कार्यको समन्वय गरिरहेको बताइएको छ । तिब्बतमा आफ्नो नागरिकता नभएका र आमाबाबुमध्ये कुनै एक नेपाली भएका व्यक्तिलाई खचरा भन्ने गरिएको र त्यस्तो व्यक्तिको सङ्ख्या ५० रहेको जानकारी दिइयो । ल्हासा र वरपरि करीब १६० नेपाली बसोबास गर्ने र सिगात्से र त्यसका वरपर बस्ने नेपालीको सङ्ख्या १०० रहेको उक्त अवसरमा जानकारी दिइयो ।

चीन सरकारले हालैका वर्षमा तिब्बतमा परम्परागतरूपमा बसोबास गर्ने १५० नेपालीलाई स्थायी बसोबासको अनुमति दिएको छ । त्यसो त ल्हासाको कारागारमा १५ नेपाली रहेको र १४ हिरासतमा रहेको पनि महावाणिज्यदूत कार्कीले जानकारी दिनुभयो । निरीक्षणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका साथ ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची र सञ्चारकर्मी रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group