ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह


एबीसी न्यूज
२० बैशाख २०७६, शुक्रबार   ३ : २६   बजे

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी मैत्री वातावरण बनेकाले ढुक्क भएर पुँजी परिचालन गर्न आग्रह गर्नुभएको छ ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)उद्योग वाणिज्य सङ्घको ७७ औँ बैठकमा भाग लिने सिलसिलामा राजधानीमा रहेको सङ्घका पदाधिकारीहरूसँग आज प्रधानमन्त्री निवासमा भएको अन्तरक्रियामा उहाँले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति सरकारले अनुकूल वातावरण बनाएको बताउनुभयो ।

वैदेशिक लगानीको सुरक्षा, प्रतिफल स्वदेश लैजाने सुनिश्चिततासमेत गरिएको जानकारी दिँदै उहाँले निजी क्षेत्रलाई देशको औद्योगिक उन्नयनमा लाग्न सदैव प्रेरित गरिएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “ निजी क्षेत्रलाई हरतरहले सघाइरहेका छौँ, सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्दै उद्यमी व्यवसायीका समस्या समाधान गरिरहेको छ” नेपालले मात्र नभई दक्षिण एशियाली देशले नै अािर्थक विकास र उन्नतिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली आफ्नो चाहना भएको उहाँले बताउनुभयो ।

समग्र दक्षिण एशियाको समृद्धिका निम्ति अहिले उपयुक्त समय भएको तथा यहाँको उर्वर भूमि, खनिज र खानीयुक्त क्षेत्र तथा ऊर्जाशील युवा जनसङ्ख्याले समृद्धितर्फको यात्रामा फड्को मार्न सहज हुने धारणा व्यक्त गर्नुभयो । साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि दक्षिण एशियाली देशबीच सहकार्य र साझेदारी हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।

वर्तमान सरकारले सुशासन र विकासलाई उच्च महत्व दिएको जानकारी दिँदै उहाँले राजनीतिक अस्थिरता र अशान्ति समृद्धिको बाधक भएकाले त्यस्ता बाधा व्यवधान चिर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

हालै श्रीलङ्कामा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै प्रधानमन्त्री ओलीले मानवताविरुद्धका त्यस्ता आततायी कृत्यको जति भत्र्सना गरे पनि कम हुन्छ भन्नुभयो । सङ्घका अध्यक्ष रुवान इदरिसंघेले दक्षिण एशियाली राष्ट्रहरूबीच आर्थिक एवम् व्यावसायिक सम्बन्ध विस्तार, संयुक्त लगानी आकर्षणका माध्यमबाट यस क्षेत्रको समृद्धिका लागि सङ्घ क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group