ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन आश्रित स्मृति दिवसमा पार्टी एकीकरणको अन्तिम घोषणा


एबीसी न्यूज
१ जेष्ठ २०७६, बुधबार   ७ : ४९   बजे


काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् ।

युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा सहभागी नेताहरुले तीन गते नटुङ्गिए जेठ महीनाभित्रमा भने नयाँ सन्देश जाने कार्यकर्तालाई विश्वास दिलाउनुभयो । पार्टी एकीकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा एकता प्रक्रिया टुङ्गोमा नपुगेको भन्दै कार्यकर्ताले चासो लिइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्ला कमिटीबाट ढोका उघारिसकिएकाले एकीकरण टुङ्गिने कुरामा कार्यकर्तालाई आश्वस्त पार्नुभयो ।

अघिल्लो वर्ष जेठ ३ गते स्मरण गर्दै उहाँले भन्नुभयो, “अहिले पनि हाम्रो कोशिश छ, ३ गते सबै घोषणा गरिदिउँ, भएन भने टेन्सन नलिनुहोला ४, ५ वा ६ गते होला केही फरक पर्दैन हामी टुङ्ग्याउँछौँ, यो कुरामा तपाईंहरु विश्वस्त हुनुहोस् । यदि तपाईंहरुले जोड गर्नुभयो भने युवाको चाहिँ आगामी जेठ ३ गते गते सक्न पनि सकिन्छ ।” युवाको भावना आफूले बुझेकाले बिहीबार बिहान सम्भवतः बैठक बस्ने जानकारी गराउँदै उहाँले चाँडै नै जनसङ्गठनको एकीकरण सक्नेमा आफ्नो जोड रहने बताउनुभयो । राष्ट्रको आवश्यकता, कम्युनिष्ट आन्दोलन र जनताको भावनाको सम्मान गर्दै अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकतालाई सम्बोधन गर्न नेतृत्वद्वारा गरिएकोे ऐतिहासिक पहल कदमीबाट पार्टी एकता भएको स्मरण गर्नुभयो ।

वामपन्थी र दक्षिणपन्थी विचारलाई विमर्श गर्दै विचारलाई विकास गर्न सक्ने मात्रै सच्चा कम्युनिष्ट हुने तर्क गर्दै अध्यक्ष दाहालले विचारलाई निरन्तर परीक्षण, प्रयोग र विकसित गरेमा मात्रै समाज राष्ट्र र मानवजातिको हित हुने उल्लेख गर्नुभयो । वर्ग समाज रहेसम्म दुई विचार कायमै रहने भएकाले परिवर्तन र विचारको शुद्धताका नाममा पार्टीलाई एकपछि अर्काे शृङ्खलाबद्ध ढङ्गले विभाजनतर्फ लाने र एक्लै भए पनि म सही छु भनेर दम्भ गरिराख्ने हानिकारक प्रवृत्तितर्फ युवा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्ता विचारलाई चिर्दै परिवर्तनको दिशामा जानेमात्रै सच्चा कम्युनिष्ट हुने उल्लेख गर्दै अध्यक्ष दाहालले एउटा विचार जे छ त्यही सही भनेको भए ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासम्म आइ नपुग्ने भनाइ राख्नुभयो ।

उहाँले विसं २०३८ देखि नै आफ्नो जीवन एकपछि अर्काे निरन्तरता र त्यसलाई भङ्ग गर्नेबाट बित्दै आएको र यो पार्टी एकता पनि त्यही निरन्तरतामा क्रमभङ्गताकै नयाँ कडि हो भन्नुभयो । आलोचना गर्न सिक भन्ने माक्सवादको उक्ति जस्तै आफू आलोचनाबाट नडराउने नेता भएको दाबी गर्दै अध्यक्ष दाहालले परिवर्तनकारी हुनेले मात्रै गल्ती गर्ने र नयाँ विकास गर्नसक्ने बताउनुभयो । “गल्ती नगर्ने मान्छे इतिहासमा भेटिँदैन, यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ, मान्छे आलोचनात्मक हुन सिक्नुपर्छ, अन्धभक्त हुनुभएन दास जस्तो त कम्युनिष्ट हुनै सक्तैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

पार्टी, युवा र जनताप्रति ठूलो विश्वास रहेको बताउँदै उहाँले आफू जुनसुकै अवस्थामा पनि लचक हुन तयार रहेको उल्लेख गर्नुभयो । “जति लचिलो हुन पनि आफूलाई कुनै कठिन हुँदैन, यदि तपार्इंको साथ भयो भने बाँकी जीवन अझै केही नयाँनयाँ गरेर मर्न मन छ, सबैको साथ चाहिएको छ, मेरो पनि सबैमा साथ रहन्छ”, उहाँले थप्नुभयो । अध्यक्ष दाहालले युवामा उत्साह जोश र जाँगर देख्दा आफू उत्साहित भएको बताउनुभयो । विसं २०३८ माघ १७ मा भारत कुसीनगरको भेलाबाट २६ वर्षको उमेरमा अखिल नेपाल युवक सङ्घको संस्थापक अध्यक्ष बनेको स्मरण गर्दै उहाँले पार्टीका दुवै अध्यक्ष युवासङ्घको संस्थापक अध्यक्ष हुनुको संयोग निकै उत्साहपूर्ण रहेको बताउनुभयो । विश्वमा भएका कम्युनिष्ट आन्दोलन युवाकै योगदानमा सफल भएकोसमेत उहाँले बताउनुभयो ।

प्रगति यथेष्ट छैन ः नेता नेपाल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्टको भरपर्दाे शक्ति नै युवा भएको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनलाई कसरी जोगाउने भन्नेतर्फ ध्यान दिन युवालाई आग्रह गर्नुभयो । देशले सामाजिक न्यायसहितको समृद्धि चाहेको उल्लेख गर्दै नेता नेपालले विश्वमै नेपालको समाजवादी आन्दोलन बलियो र सु–संस्कृत रहेको जिकिर गर्नुभयो । सफलता हासिल गर्नेवित्तिकै अहङ्कार बढ्ने चरित्रले उपलब्धि गुम्न सक्नेतर्फ सङ्केत गर्दै नेता नेपालले चुनौतीलाई सामना गर्ने गरी योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “अहिले पनि प्रगति यथेष्ट छैन, ५५ प्रतिशत मात्रै मत हामीले प्राप्त गरेकाछौँ हाम्रो काम र व्यवहारले मात्रै जनतताको मत जित्न सकिन्छ, यसतर्फ ध्यान दिनुपर्छ”, नेता नेपालले भन्नुभयो ।

नेकपाका अर्का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरिसकेकाले समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै राष्ट्रियता सुदृढ बनाएर सीमाको रक्षा र सुशासन कायम गरी सामाजिक आर्थिक रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले संस्कृतिको रुपान्तरणलाई महत्व दिँदै विश्वसँग सन्तुलित सम्बन्ध सुधारको प्रयास जरुरी रहेको औँल्याउनुभयो । कार्यवाहक प्रधानमन्त्री तथा नेकपाका नेता ईश्वर पोखरेलले दुई सङ्गठन एक हुने सङ्घारमा रहेको उल्लेख गर्दै छिट्टै एकता भएको सुन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले पार्टी नयाँ ढङ्गले अघि बढ्न खोज्दै गर्दा विचारमा स्पष्टता हुनु जरुरी रहेको बताउँदै उहाँले शृङ्खालाबद्ध कमिटी प्रणालीको विकास गर्न नसके विश्वका अन्य कम्युनिष्टको जस्तै दुर्भाग्य भोग्न सक्ने चिन्ता प्रकट गर्नुभयो ।

“तजविजका हिसाबले चल्यो भने नेतृत्व गर्न सक्दैन, विगतका अनुभवबाट शिक्षा लिनुपर्छ, युवालाई सहभागी गराएर योजनाबद्ध नेतृत्वको आवश्यकता छ”, पोखरेलको भनाइ छ । नेकपाका महासचिव विष्णु पौडेलले गणतन्त्र स्थापनाका लागि युवाले खेलको भूमिका अविस्मरणीय रहेको उललेख गर्दै पार्टीले एकीकरणका विषयमा निकालेको निष्कर्ष मदनभण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा सार्वजनिक हुने बताउनुभयो । कार्यक्रममा युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष किरण पौडेल, योङ्ग कम्युनिष्ट लिग नेपालका अध्यक्ष रामप्रसाद सापकोटा लगायतले आफ्ना विचार राख्नुभएको थियो ।

कार्यक्रममा युवा सङ्घले जनवादी गायक जेवी टुहुरे र जीवन शर्मालाई सम्मान गरिएको थियो । यस्तै युवासङ्घलाई सहयोग गर्दै आउनुभएका गोविन्द धिताललाई रु तीन लाख १२ हजारसहित सम्मान गरिएको थियो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group