ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी, २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने


एबीसी न्यूज
२ जेष्ठ २०७६, बिहिबार   ४ : ०३   बजे


काठमाडौं, २ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेको छ । जनवर्गीय संगठनको एकीकरण टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो ।
आजको बैठकबाट नेकपाका २२ वटा भातृ संगठनको एकीकरण टुंगो लगाउने प्रस्ताव छ ।

नेकपा स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा भातृसंगठनको अध्यक्ष पाउने र तत्कालीन माओवादीले ९ वटाको नेतृत्व लिने गरि छलफल अघि बढेको छ । यो संख्या १२ र १० मा टुंगो लाग्ने सम्भावना पनि उत्तिकै रहेको सचिवालयका एक सदस्यले बताए ।

सबैभन्दा प्रभावशाली मानिने युवा र विद्यार्थी संगठनमध्ये पूर्व एमालेले विद्यार्थीको नेतृत्व लिने भएको छ । त्यस्तै युवाको नेतृत्व पूर्व माओवादीले पाउने सम्भावना रहेको छ । मजदूर संगठनको नेतृत्व पनि पूर्वएमाले पाउँदा महिलाको नेतृत्व पूर्वमाओवादीले पाउनेछ ।

संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने बताइएको छ ।

पार्टी एकीकरणको एक वर्ष पुगेको अवसरमा जेठ ३ गते शुक्रवार जनवर्गीय संगठनहरुको एकीकरण टुंग्याउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । नेकपा स्रोतका अनुसार युवाको अध्यक्ष पूर्व माओवादीले पाउँदा रामप्रसाद सापकोटा अध्यक्ष हुनेछन् ।

सचिवालय बैठकमा पोलिटव्यूरो सदस्यहरुको नाम टुंगो लगाउने र केन्द्रीय सदस्यहरुको कार्यबिभाजनका बारेमा पनि छलफल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group