ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा


एबीसी न्यूज
३ जेष्ठ २०७६, शुक्रबार   ११ : ३३   बजे


काठमाडौं ३ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ ।

पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसङ्गठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको सङ्ख्या सार्वजनिक गर्नुभयो ।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महासङ्घको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी सङ्गठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा सङ्घ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल हुनुहुन्छ । अखिल नेपाल महिला सङ्घको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासङ्घ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस सङ्गठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन हुनुभएको छ ।

यसैगरी नेपाल बुद्धिजिवी सङ्गठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासङ्घ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) हुनुहुन्छ । त्यस्तै नेपाल मुस्लिम सङ्गठनको संयोजकमा सिराज महम्मद फारुकी, सहसंयोजकमा अत्तहर हुसेन फारुकी, नेपाल दलित मुक्ति सङ्गठनको संयोजकमा तिलक परियार, सहसंयोजकमा ओमबहादुर विश्वकर्मा, आदिवासी जनजाति महासङ्घको संयोजक सुरेश आलेमगर र सहसंयोजकमा शेरबहादुर तामाङ, नेपाल अपाङ्ग सङ्गठनको संयोजकमा इन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुङ्गाना, खेलकूद महासङ्घ नेपालको संयोजकमा पुरुषोत्तम पौडेल र सहसंयोजकमा शिव कोइराला घोषित हुनुभएको छ । यसैगरी उद्योग व्यवसायी महासङ्घको संयोजकमा लक्ष्मीदास मानन्धर र सहसंयोजकमा श्याम पाठक, प्रवासी नेपाली मञ्च (भारत) मा संयोजक लोकनाथ भण्डारी र सहसंयोजकमा ईश्वरी भण्डारी, नेपाल भूमिहीन सुकुम्वासी सङ्गठनको संयोजकमा रामप्रित पासवान र सहसंयोजकमा पदम देवकोटा, भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको संयोजकमा धनबहादुर चन्द र सहसंयोजकमा जीवन बुढा, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल रहनुभएको छ ।

नेपाल कानून व्यवसायी सङ्गठन, नेपाल निर्माण व्यवसायी सङ्गठन र नेपाल इञ्जिनीयर सङ्गठनको यसअघि नै एकता सम्पन्न भइसकेको थियो । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुङ्गो लगाइने महासचिव पौडेलले जानकारी दिनुभयो । –––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group