ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी भ्रमण वर्षको तयारी पुरा, प्रधानमन्त्री ओलीबाट मायादेबी मन्दिरमा दिप प्रज्वलन


sharan sharan
३ जेष्ठ २०७६, शुक्रबार   ११ : ३९   बजे

लुम्बिनी, ३ जेठ ।
२५६३औं बुद्धपूर्णिमाकै दिनबाट गर्न थालिएको लुम्बिनी भ्रमण वर्ष २०७६को तयारी पुरा भएको छ । भ्रमण वर्ष सहित बुद्ध जयन्ती मनाउन रुपन्देहीको लुम्बिनी क्षेत्रलाई आजैबाट झकिझकाउ पारिएको छ।
रुन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनीलाई दीप प्रज्ज्वलन, ध्वजा पटाका सहित झाँकीले सजाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा शनिबार बिहान ११ बजे बुद्धपूर्णिमा तथा लुम्बिनी भ्रमणवर्षको मूल समारोह कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश ५ का उद्योग वाणिज्य, पर्यटन तथा वातावरण मन्त्री लिला गिरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी क्षेत्र बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार प्रधानमन्त्रीले शनिबार बिहान भिक्षुहरुलाई चिवर दान दिने छन् भने बुद्ध पूर्णिमाको अवसर पारेर शनिबार रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई मायादेवी छात्रवृत्तिस्वरुप ५–५ हजारका दरले छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको छ। यस्तै शनिबार नै प्रधानमन्त्री ओलीले लुम्बिनीमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको सुरुवात गर्नेछन्।

प्रदेश ५ सरकारले वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । यसपटक प्रदेश ५ सरकार र लुम्बिनी विकास कोषले संयुक्त रूपमा बुद्ध पूर्णिमा मनाउने निर्णय गरेका छन्।
भ्रमण वर्षको पुर्वसंन्ध्यामा आज सांझ प्रधानमन्त्री केपी ओलीले मायादेबी मन्दीरमा दिप प्रज्वलन गरेका थिए भने आजै बाट लुम्बिनीमा सुजाता खिर महोत्सवको सुरुवात भएको छ ।

सांझ नै प्रधानमन्त्री ओलीले लुम्बिनी क्षेत्रको स्थलगत अवलोकन समेत गरेका थिए । प्रधानमन्त्रीसंगै प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव बिष्णु पौडेल, प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरि लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group