ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीको विकासले गति लिएको छ : प्रधानमन्त्री ओली


admin
४ जेष्ठ २०७६, शनिबार   ५ : ३३   बजे

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

२५६३औंँ बुद्धपूर्णिमाको अवसरमा लुम्बिनीस्थित थाई विहारमा आज आयोजित भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्ने कार्यक्रमको अवसरमा उहाँले बुद्धसमुदायसँगको सहकार्यमा लुम्बिनीको पुनर्जीवन दिने गरी काम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

“विगतका वर्षमा लुम्बिनीका लागि धेरै प्रयासले सार्थक रुप लिँदै गएका छन्”, उहाँले भन्नुभयो, “यो वर्षदेखि योजनाबद्ध ढङ्गले सरकार अघि बढेको छ, लुम्बिनीबाट विश्व समुदायलाई बुद्धका सन्देश फैलाउन लुम्बिनीलाई पवित्र भूमिको रुपमा थप विकास गरिनेछ ।” प्रधानमन्त्री ओलीले १९ वटा बौद्धमार्गी मुलुकसँग सहकार्य गरिएको स्मरण गर्दै सरकार लुम्बिनीको विकासमा केन्द्रित रहने बताउनुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा धार्मिक तथा पर्यटकीय गतिविधि बढाउँदै लग्ने प्रतिबद्धता जनाउनुभयो । थाई विहारका भिक्षु सुपथले प्रधानमन्त्रीको उपस्थितिमा विहारमा बौद्धसमुदायलाई नै सन्देश दिने गरी कार्यक्रम गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

बिहानैदेखि प्रधानमन्त्री व्यस्त

२५६३औँ बुद्धपूर्णिमा मनाउन रुपन्देहीको लुम्बिनी आउनुभएका प्रधानमन्क्री ओली आज बिहानैदेखि कार्यत्रममा व्यस्त हुनुभयो । बिहान उहाँले नयाँ लुम्बिनीग्राममा वृक्षरोपणको शुभारम्भ गर्नुभयो । लुम्बिनीमा यो वर्ष दुई हजार ६४३ बिरुवा रोपिनेछ । बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्धपूर्णिमा २५६३औं वर्ष पुगेको र बुद्धको जन्म त्यसभन्दा ८० वर्षअघि भएकोले बुद्ध जन्मिएको २६४३ वर्ष पुगेको अवसरमा त्यति नै सङ्ख्यामा बिरुवा रोप्ने कार्यक्रम तय भएको हो ।

वृक्षरोपण शुभारम्भ गरेर प्रधानमन्त्री ओली मायादेवी मन्दिर परिसरबाट शान्तिदीपसम्म शान्ति र्‍यालीमा सहभागी हुनुभयो । शान्तिदीपमा उहाँले ओलम्पियन बैकुण्ठ मानन्धरलाई शान्तिदीप हस्तान्तरण गर्नुभयो ।

त्यसपछि प्रधानमन्त्री ओलीले थाई विहारमा भिक्षुभिक्षुणीलाई सङ्घ दान गर्नुभयो । उहाँले सो अवसरमा थाई विहारको अवलोकन गर्दै बुद्धपूजा गर्नुभयो । विहारमा प्रधानमन्त्रीले १५० भिक्षुभिक्षुणीलाई चिवर दान, अष्ठपरिस्कार दान र भोजन दान गर्नुभयो । त्यसलगत्तै प्रधानमन्त्री ओली ुलुम्बिनी भ्रमणवर्ष शुभारम्भ तथा बुद्धपूर्णिमाको मूल समारोहमा सहभागी हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

निजामती सेवाकी पहिलो नेपाली महिला मीना रोका : संघर्ष, साहस र प्रेरणाको अविस्मरणीय यात्रा

दुई दिनमै सुन तोलामा ३ हजार ६ सय रुपैयाँ घट्यो

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन

३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

विश्वप्रकाशको आग्रह- सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घरायसी विवादमा अलमल नगरौँ, संकटमा मिलौँ

एनआईसी एशिया बैंकद्वारा बाढीपीडितका लागि २ करोड २१ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu